साझा नेटवर्क
प्रकाश घिमिरे, गुल्मी श्रावण २३।
दलित सचेतना केन्द्र ग्वालीचौर बाग्लुङ्ले गाँउ परिषदबाट यस आर्थिक बर्षको लागी पारित गरेको बजेटलाई बितरण गरेको छ । आर्थिक बर्ष २०७२–७३ को लागी गाँउ परिषदबाट बिनियोजन गरेको १ लाख ३८ हजार १ सय ७५ रुपैया ग्वालीचौरमा रहेका सम्पुर्ण वडाका स्थानीयहरुलाई बितरण गरिएका हो ।
उनीहरुलाई आय आर्जनको लागि प्रोत्साहन गर्न भन्दै बिनियोजीत रकम सचेतना केन्द्रले बितरण गरेको हो । बितरीत रकम सम्बन्धित काममा लगाउनको लागि प्रत्येक वडामा ५ जनाको समिति समेत गठन गरि गाबिसका १ सय ४४ दलित ब्यक्तिहरुलाई हस्तान्तरण गरिएको पौदी टारी निमाबिका शिक्षक शंकर परियारले जानकारी दिनुभयो । त्यसैगरी संस्थाले ग्वालीचौर २ बालुवामा रहेका दुई जना बाढी पिडीत दलितलाई पनि राहात बितरण गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष राम बहादुर बिक, कृष्ण परियार लगायतको उपस्थिती रहेको थियो भने अध्यक्ष प्रेमलाल रसाइलीको अध्यक्षतामा रहेको थियो भने कार्यक्रमको सहजीकरण पौदी टारी निमाबीका शिक्षक शंकर परियारले गर्नुभएको थियो भने सञ्चालन सचिब बुद्ध परियारले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend