logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँचीमा बाहिरबाट आउनेको संख्या बढ्यो

सामाजिक सञ्जालमा जुहारी खेल्नेलाई अध्यक्ष पोख्रेलको चुनौती


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची बैशाख १३ ।
कोरोना भाईरस (Covid-19) को महामारीको विषम परिस्थितिमा देश भर लगडाउन चलि रहेतापनी नेपालको राजधानी काठमाडौंबाट आ-आफ्नो गृहजिल्ला फर्कने क्रम बढेसङ्गै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा पनि काठमाण्डौबाट बुटबल, कपिलबस्तु गोरुसिंगे, सन्धिखर्क हुदै बा ४ ख५९५४ नम्बरको माइक्रो बस लिएर आएका छत्रदेवका ३,४,५,६,७ वडाका महिला र पुरुष गरि २२ जनाको समुह शुक्रबार दिउसो छत्रदेव प्रवेश गरेका छन् ।

बिहिबार दिउसो काठमाण्डौबाट बिना पास हिडेको टोलि शुक्रबार दिउसो अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुदै छत्रदेब आउदै गरेको खबर पायसङ्गै छत्रदेब गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, पालिकाका स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि ,प्रहरी लगाएतको टोलीको उपस्थितिमा सन्धिखर्क र छत्रदेवको सिमाना मथुराबेसिमा भेटेर उनीहरुको डाटा सङ्कलन र थर्मल गनको माध्यामबाट ज्वरो परिक्षण गर्दा सबैको शरीरको तापक्रम सामान्य देखिएपछि घर पठाइएको छ ।

एकजना भन्छन “जनतन एक महिना त गुजारा चलायेउ कोठामा रासन पनि सबै सकियो किनेर खान खर्च नि थिएन काठमाण्डौमा बेसहारा भएपछी गाउ फर्किने ब्याबस्था मिलाइदिन बिभिन्न राजनीतिक दलका नेताहरुलाई हार गुहार गर्दा पनि कसैले नसुनेन (नाम गोप्य राख्दै) उनले भने बरु कतिपय राजनीतिकर्मीले चुनाबमा जुन नेतालाई भोट हालेकोहोस् उसैलाई भन समेत भनेपछि छत्रदेवपालिका आउनेहरुको समूह बनाइ अन्तत् बिना पास गृहजिल्ला आउन बाध्य भयौ ।

हिजो हिडेदेखी नै भोकभोकै र बिभिन्न दुख कष्टका साथ् प्रतिब्याक्ति रू १५०० का दरले गाडी भाडा उठाएर आयेउ” आफ्नो जन्मथलोमा प्रवेश गरेसंगै आफुहरुको आत्मबल पनि बढेको र आफ्नो छत्रदेवपालिका प्रवेश गरेसङ्गै सिङ्गो पालिकाले आफुहरु प्रति निभाएको जिम्मेबारी देख्दा आफु गाउँपालिका प्रति आभारी रहेको र आफु अहिलेसम्मका कुनैपनि चुनाबमा कसैलाई भोट नदिएको र आफु स्वतन्त्र रहेको बताउन्छन सोहीटिमको नेतृत्व गरेर आएका छत्रदेव ४ का २६ बर्षीय तिलक लामिछाने।

टिमका सबै जनाले आफुहरु पालिकाको नीति नियम र निर्देशन पालना गरि अबको २१ दिन सम्म होम क्वारेन्टाइन मा बस्ने र स्थानीय सरकारको नियममा कुनै पनि आचँ आउन नदिने अठोट गर्नुभएको छ सम्झाई बुझाइ पठाएका छौ । उहाहरुलाई आफ्नो घरकै क्वारेन्टाइनमा बस्न निर्देशन दिइ वडा प्रतिनिधिहरुको रोहोवरमा घर पठाएका छौ र उहाहरुको सबै डिटेल र डाटा पालिकामा सुरक्षित रहने हुदा उहाहरुको नियमित निगरानी गरिने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

तीनदिन यता छत्रदेव गाउँपालिकाको कार्यालयमा जानाकारी गराई आधिकारिक रुपमा काठमाण्डौ लगाएत अन्य जिल्लाबाट बुधबार महिला ,पुरुष गरि ९७ जना र शुक्रबार दिउसोसम्म २२ जना गरी ११९ जना पालिका प्रवेश गरेको र सङ्घीय सरकारको राजधानी काठमाण्डौ बाट ५ नम्बर प्रदेशको प्रदेश सदरमुकाम बुटबल हुदै अर्घाखाँची जिल्ला प्रशासन अगाडिको बाटो हुदै छत्रदेवको सिमाना सम्म आइपुगेपछि छत्रदेव गाउँपालिका उहाहरु प्रति पुर्ण रुपमा जिम्मेबारी रहेको र छत्रदेवबासी जनताको जिबनरक्षाको निम्ती आफुहरु रक्षा कवच बनेर मन बचन र कर्मले लागिपरेको बताए ।

त्यस्तै छत्रदेव गाउँपालिकाको बैज्ञानिकतालाई विभिन्न सामाजिक संजाल र अनलाइनहरुबाट खण्डन गरि चुकाउन खोज्ने र पालिकाको मर्म र आधिकारिकतालाई नबुझी पित पत्रकारिता गर्नेहरुलाई चुनौती दिदै जुन सुकै जिल्लाबाट छत्रदेवका नागरिक प्रबेश गरेमा उहाँहरुलाई सुरक्षित ढङ्गले राख्ने ब्याबस्थापकिय जिम्मेबारी निभाउन कहिँ कतै नचुक्ने गरि छत्रदेव गाउँपालिका अगाडी बढेको पालिकाका प्रमुख लेखनाथ पोख्रेलले ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend