logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँचीका दुई भुसाल दिदिबहिनीले ४५ परिवारलाई बाढे खाद्यान्न सामाग्री


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साँझा नेटवर्क संवाददाता

अर्घाखाँची,वैशाख १३ गते । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १ मञ्च लाईनमा बसोबास गर्दै आएका दुई दिदिबहिनी बसंता भुसाल र रीता भुसालले आफ्नो स्वर्गीय बावुको सम्झनामा घरको आर्थिक स्थिति कमजोर भएका ४५ घर परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गर्नु भएको छ ।

कोविड-१९ ले गर्दा देशै भरी लकडाउनले गर्दा जनजीवन अस्थव्यस्त भएकै कारण घरमा चुलो सम्म जलाउन नसकेका अति विपन्न परिवारहरुलाई चामल,दाल तेल नुन लगायतका खाद्यान्न सहयोग गरिएको हो ।

संसारमा सधैं भरी पुग्ने गरि कसले कसलाई पो के दिन सक्छ र विपतको घडिमा भोकै कोहि मर्नु भएना नभएकाले सहयोग माग्ने हो भएकाले दिने हो` भन्ने सोचलाई आत्मसाथ गरि दिदिबहिनीले उक्त खाद्यान्न सहयोग गरेको बताउनु भयो ।

यो समाज को लागी ज्वलन्त उदाहरण पनि हो बाचुन्जेल आफना अभिभावक लाइ माया ममता र स्यारसुसार गर्ने छोरी हरुले अभिभावक गुमाइसकेपछी समाजमा अति सराहनिय कार्य गर्न सक्छ्न भन्ने कुराको ती २ भुसाल दिदिबहिनीले प्रमाणित गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend