logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मी भित्रिने तरकारी, फलफूल विषादी जाँचपास अनिवार्य


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख १३ ।

गुल्मीमा जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल, अन्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास अनिवार्य चाहिने निर्णय भएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल मासु लगायतको विषादी जाँचपास अनिवार्य चाहिने निर्णय गरेको गुलमीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

बैठकले क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र जिल्लाको अनुमति लिएको आधारमा मात्र प्रवेश दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । किसानहरूलाई खेतीपाती गर्ने कार्यमा सहजीकरण र निरन्तरता दिने, स्वास्थ्य कार्यालयले औषधि आपूर्ति गर्ने, उद्योग वाणिज्यसंघले खाद्यान्न आपूर्ति गर्ने, कृषि ज्ञान केन्द्रले मल, बिउ र कीटनाशक औषधि व्यवस्थापन गर्ने निर्णय भएको शर्माले बताए ।

प्रत्येक एम्बुलेन्सलाई पार्टेसन गर्ने र अक्सिजन सिलिन्डर अनिवार्य रूपमा राखेर मापदण्डअनुरूप सञ्चालन गर्ने निर्णय भएको छ । जिल्लाबाहिरबाट आउने सबैलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको रÞ्यापिट टेस्ट गर्ने र प्रमाणपत्र दिने निर्णय भएको छ ।

बालबालिकालाई दिइने खोप तथा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्ने, अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्डअनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend