logo
  • मंगलबार, असोज १३ २०८३

कोरोना कहर सत्यवतिमा पुर्नवासको काम ठप्प

पहिरो पीडित भन्छन् : बास र आश छैन्


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख १२ ।

सत्यवति गाउँपालिकका ३ ठुलोलुम्पेककी नीम कुमार सिंजालीको परिवार अहिले पनि छिमेकमै बस्छन् । उनको गत साउनमा घरगोठसंगै पशु चौपाय बगे । पाल र छिमेक गरेर महिनौ कटाइन् । पहिरोका काण सिंजालीसंगै कैयन घर परिवार घरबार बिहिन र बिस्थापित भएका थिए ।गाउँपालिकाले बिपद् व्यावस्थापन कोष मार्फत बिस्थापित परिवारलाई पुर्नवासको व्यावस्था गर्ने निर्णय गर्यो । तर जग्गा खरिदमै महिनौ बिते । काम सुरु गर्ने बित्तिकै कोरोना संक्रमणले लकडाउन भयो । जसका कारण पहिरो पीडित परिवारको पुर्नवास प्रभावित भएको छ । पहिरो पीडित सिंजालीले अहिले पनि पानी परे गाउँको बलियो घर खोजेर दौडनु पर्ने अवस्था रहेको बताइन् । ‘अरुकोमा बसेकै १० महिना भए पानी परे निद्रा पर्दैन,’उनले भनिन,‘नयाँ घरको जग मात्रै पुरेर काम ठप्प भो अब के बास के आश ।’ पहिरोले बढि प्रभावित ठुलो लुम्पेकको सिङदी गाउँ हो ।

सोहि गाउँका रुद्र विकले श्रीमति र छोरासंगै घरगोठ गुमाए । श्रीमति र छोरासंगै घरगोठ गुमाएको पीडाले विक बिक्षिप्त छन् । त्यो माथी नयाँ घर निर्माणको काम ठप्प छ । बर्षातमा ओत लाग्ने उपाय छैन । गिट्टी, बालुवा र छड ल्याउन समस्या नभए घर निर्माण गर्न सकिने विकले बताए । सत्यवति गाउँपालिकाले पहिरोबाट विस्थापित २४ घर परिवारलाई पुर्नवासको काम काम सुरु गरेको छ । तर अहिले लकडाउनका कारण निर्माण सामग्री ल्याउन समस्या भएपछि सवै काम रोकिएको सत्यवति गाउँपालिकाका प्रवक्ता भिमलाल पाण्डेयले बताए ।गाउँपालिकाले जग्गा खरिद गरेर पहिरोले बढि प्रभावित वडा नं ३ ठुलोलुम्पेक सिङदीका ११ घर परिवारलाई वडा नं १ अस्लेवाको काफलडाँडामा घर निर्माण गरिरहेको छ । सिङदीकै १० घर परिवारलाई सोहि वडाकै अन्य स्थानमा र वडा नं ४ लिम्घामा तीन घर परिवारलाई स्थान्तरण गर्न घर निर्माणको काम सुरु भएको पाण्डेयले बताए । अहिले अस्लेवाको काफल डाँडाका आठ घरको मात्रै काम भइरहेको थियो । त्यो मध्ये एउटा बाहेक अरु घरको जग मात्रै पुरिएको सत्यवति गाउँपालिका ३ का वडा सदस्य अर्जुन तरामुले बताए ।

त्यो बाहेक उच्च जोखिममा रहेका ७९ घरको व्यावस्थापनको लागि केन्द्रिय सरकारबाट प्रदेश मातहत काम गर्न १० करोड बिनियोजना भएको छ । पहिले प्रदेशबाट कार्यविधी बनाउन ढिलाई र अहिले लकडाउनका कारण ७९ घरपरिवारको काम केहि पनि नभएको गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । उनले लकडाउन बढ्दै गएपछि निर्माण सामग्रीको ढुवानी, जनशक्ति व्यावस्थापन लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरे पनि १५ गतेसम्म पर्खन जवाफ आएको बताए । ०७६ साउन ६ गतेको पहिराले सत्यवति गाउँपालिका १, २, ३ र ४ का ठुलो मानविय तथा भौतिक क्षति पु¥याएको थियो । सत्यवति गाउँपालिकाका अगुवा जितु तरामुले फेरि बर्खा सुरु हुने समय आएकाले सत्यवतिको पुर्निमाणको लागि जिल्लाले छुट्टै व्यावस्था गर्नुपर्ने बताए । उनले कैयन व्यक्ति घरबास बिहिन र उच्च जोखिममा तथा खानेपानी, बिद्यालय र सिंचाई योजना प्रभावित भएकाले तत्काल काम प्रभावित नहुने निर्णय गर्न नसके सत्यवतिमा अर्को दुर्घटना आउने सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend