logo
  • मंगलबार, असोज १३ २०८३

रोटरी काठमाडौंद्ववारा स्वास्थ्य मन्त्रालयलाई स्वाव संकलन बुथ हस्तान्तरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, वैशाख ११।
रोटरी क्लब काठमाडौँले पञ्चकन्या ग्रुपको सहकार्यमा व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बिच बुथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरीएको हो । कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको मन्त्री ढकालले बताए ।

रोटरी क्लब अफ काठमाडौँ द्ववार पञ्चकन्या ग्रुपको सहकार्यमा प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ ग्रहण गर्दै उनले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए ।

रोटरी कल्व अफ काठमाण्डौँका अध्यक्ष नारायण कृष्ण खरेलले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न स्वास्थ्य केन्द्र र अस्पतालहरुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई, थर्मल गन, माक्स, स्यानिटाइजर लगायतको सामग्री प्रदान गर्न कल्व तयारी अवस्थामा रहेको जानकारी दिए । साथै क्लबले बिभिन्न वृद्धाश्रम, अनाथाश्रममा समेत खध्यान्न सामाग्री बितरण गरीरहेको बताए ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend