साझा नेटवर्क
दिपक घिमिरे, बुटवल श्रावण २३ ।
लायन्स क्लव अफ सिद्धार्थनगर युथले स्थापनाको छोटो समयमै बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । भैरहवा क्षेत्रका युवाहरुको सक्रीयतामा गत २ महिना अगाडि स्थापना भएको लायन्स क्लव अफ सिद्धार्थनगर युथले लायन्स क्लव अफ ईन्टरनेश्नलले तोकेका चार बटा बिधा मध्य पहिलो कार्यक्रममै चार ओटा बिधालाई समेट्ने गरी कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ सिद्धार्थनगर युथले आफ्नो कार्यक्रमको कार्यतालिका अनुरुप पर्यावरण अन्तरगत फुलफुलका वृक्षारोपण गरेको हो भने युथ कार्यक्रम अन्तरगत छात्रबृत्ति बितरण गरेको हो ।
क्लवले रुपन्देहीको बाउन्नकोटी सामुदायिक बनमा बिभिन्न प्रजातिका ५० बटा फलफुलका वृक्षरोपण तथा दुईजना गरिब, जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो । कार्यक्रममा लायन्स क्लवमा आबद्ध ४० जना बढी युवा तथा अतिथिहरुको सहभागिता रहेको थियो । क्लवले रुपन्देहीबासीको पिकनिक स्पटको रुपमा बिकसित बाउन्नकोटी सामुदायिक बनको परिसरलाई फकफुल गार्डेनको रुपमा बिकास गर्ने सोचका साथ आप, लिचि, मेवा लगायतका ५० वटा फलफुलका विरुवा रोपेको क्लवका द्धतिय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक अभिनव मयुर कसौधनले जानकारी दिनु भयो ।
त्यसैगरी युथ कार्यक्रम अन्तरगत भैरहवा नमुना उच्चमावी कक्षा ९ मा अध्ययनरत ममता घर्ती मगर र आषिस राणालाई वार्षिक रुपमा कापिकलम, ड्रेस लगायतका सामग्री किन्नका लागि लाग्ने लागत स्वरुप ८/८ हजारको चेक प्रदान गरिएको क्लवका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोपाल ज्ञवालीले जानकारी दिनुभयो । दुवैजना बिद्यार्थीलाई लायन्स क्लव अफ ईन्टरनेस्नल ३२५ बी २ का पुर्व गभर्नर अरुणप्रताप राणा लगाएतका अतिथिले चेक हस्तानत्रण गर्नु भएको हो । दुई महिना अघि गठन भएको उक्त क्लवको समाजिक कार्य अन्तर्गत यो पहिलो कार्य हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा लायन्स क्लव अफ ईन्टरनेस्नल ३२५ बी २ का पुर्व गभर्नर अरुणप्रताप राणाले क्लवले आफुभन्दा कम भाग्यसालि मानवको सेवामा कार्य गर्दै आएको बताउदै सिद्धार्थनगर युथले यस भन्दा पनि उत्कृष्ट काम गर्दै समाजको मन जित्ने बिश्वास लिनु भयो । उहाले क्लवले स्थापनाको छोटो समयमा नै यहाका पुराना क्वलहरु सरह सामाजिक कार्यलाई निरन्तरता दिएको भन्दै यस भन्दा पनि उत्कृष्ट बन्न आग्रह गर्नु भयो ।
सो अबसरमा लायन्स डिस्ट्रक ३२४ बी २ का यरिया ४ का यरिया को चिफ राजेश खरेल, लायन्स डिस्ट्रक चियरप्रसन महेशचन्द्र थापा, लायन्स क्लव अफ भैरहवाका अध्यक्ष वृजेश कुमार अग्रवाल, लायन्स क्लव अफ मिट टाउन कोटिहवाका अध्यक्ष माधव पाण्डे, लायन्स क्लव अफ सिद्धार्थनगरका प्रथम उपाध्यक्ष विजय पाण्डे लगायतले बोल्दै क्लवले समाज सेवामा उल्लेखनीय कार्य गर्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रम क्लवका सचिव धिरज मल्लिकको सञ्चालन तथा अध्यक्ष अर्चित श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend