logo
  • मंगलबार, असोज १३ २०८३

मुसलधारे पानीमा मजदुर उद्धार गर्दै रेसुङ्गा नगरपालिका


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख १० ।

मंगलबार दिउँसोको मुसलधारे पानीले जलाम्य चिदिचौर । गड्याङ गुडुङ र गर्जनले तम्घास बजार थर्किएको थियो । मजदुर घर पठाउन व्यस्त नगर र घर जाने आश बोकेका मजदुरलाई पानीको कुनै प्रबाह थिएन् ।रेसुङा नगरपालिकाले पछिल्लो पाँच दिनमा दैनिक अलपत्र मजदुरको उद्धार गरिरहेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । उनले मंगलबार मुसलधारे पानीमा पनि बर्दिया र प्युठानका २१ जना अलपत्र मजदुरको उद्धार गरेर पठाएको जानकारी दिए । त्यस्तै सोमबार पनि ३१ जना, आइतबार चार र शनिबार २४ जनालाई उद्धार गरेर विभिन्न ठाउँमा पठाएको अर्यालले जानकारी दिए । अहिलेसम्म नगरले करिव दुई सयको उद्धार तथा खान बस्ने व्यावस्था गरेको जनाएको छ ।

त्यसमा सुत्केरीदेखि अलपत्र भारतिय नागरिक समेत छन् । कैयन दिन हिडेर, खान नखाएरै बालबालिका सहित अलपत्र परेका मजदुरको नगरपालिकाले खान, बस्न र स्वास्थ्य सामग्री समेत प्रदान गरेर गाडीमा गन्तव्यमा पुराउने काम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले तीन÷चार दिनको पैदल हिडेर आउने मजदुरलाइै बाटोमा कसैले नसोध्नु दुखद पक्ष भएको बताए । उनले स्थानीय तहहरुको समन्वय नभएका कारण धेरै मजदुर भोकै लामो समय हिडनु पर्ने बाध्यता रहेको बताए ।

रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले मजदुर अलपत्र पार्ने निर्माण व्यावस्याीलाई सरकारले खोजेर कारबाही गर्नुपर्ने बताए । लामो समय काम गराएर अप्ठ्यारोमा काम गरेको पैसा समेत नदिएर भाग्ने निर्माण व्यावसायीलाई कारबाहीको दायरामा नल्याएसम्म कुनै एक स्थानीय तहले मात्र उद्धार गरेर सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend