logo
  • मंगलबार, असोज १३ २०८३

गौमुखी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्ने ११ जना क्वारेन्टाइनमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल,प्युठान बैशाख ८ ।

नोबेल कोरोना भाइरस (कोभीड 19) ले यतिबेला बिश्वमा महामारीको रुप लिइरहेको छ । नेपालमा पनि संक्रमितको संख्या वृद्धि भए सङ्गै कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न स्थानीय तहहरुले आफ्नो सतर्कता तथा पुर्ब तयारी अपनाएका छन । यसै बीच गौमुखी गाउँपालिकाका सबै वडाहरुले क्वारेन्टाइन र हेल्पडेक्स तयार गरिसकेका छन ।देश बिदेश र अन्य जिल्ला तथा स्थानीय तह बाट पैदल यात्रा गरि लकडाउनको उलंघन गरि घर आउन लागेकाले क्वारेन्टाइन निर्माण गरि उनिहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको हो । गौमुखी गाउँपालिका प्युठानले खुङको सालिबिसौनामा ५ बेडको क्वारेन्टाइन निर्माण गरि सकेको छ । त्यसैगरि अर्खा १ , अर्खा २, र लिबाङले २/२ शैया,रजवाराले ४, खुङले ५ नारिकोटले १४ र पुजाले ५ गरि जम्मा ३८ वटा बेडको क्वारेन्टाइन गौमुखी गाउँपालिकाका हरेक बिधालयमा निर्माण गरिसकेको र आबस्यक परेमा थप गर्न सकिने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो ।

अहिलेसम्म सालिबिसौनामा ५ जना पुजामा १ जना अर्खामा ४ जना र नारिकोटमा १ जना गरि ११ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन । प्राय जसो मजदुर गरि जिबन निर्बाह गर्न घर छाडी मुग्लान गएकाहरु लकडाउनका कारण हिड्दै घर फर्कदै गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend