logo
  • मंगलबार, असोज १३ २०८३

चारदिने सुत्केरीलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सबिन बस्नेत, गुल्मी बैशाख ७ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले प्युठानको गौमुखी गाउपालिका ६ घर भइ रेसुङ्गा २ बाख्रेछेडामा बसी दैनिक ज्याला मजदुरीको काम गर्ने दिलिप बिकको परिबारलाई आर्थिक सहयोग गरेको छ ।  लक डाउनका कारण एक महिना देखी काम गर्न नपाएका उनि चार दिन अघि श्रीमति सुत्केरी भएपछि झनै अफ्ठ्यारोमा परेका थिए ।

वडाबाट यसअघि राहत लिएर जसोतसो दुइछाक खाएको उनको परिवार राहत सकिएपछि पोसिलो खाना त परै जाओस भोक-भोकै बस्नुपर्ने स्थितीमा थियो । रेनपा २ का वडा सदस्य शेर बहादुर विश्वकर्मा र समाजसेवी शालिक बस्नेतले उनको दयनिय अवस्थाको बारेमा जानकारी गराइ सहयोगको लागि अनुरोध गरेपछि मेयर डिल्लिराज भुषालले पाच हजार रकम नगरकोषबाट उपलब्ध गराएका हुन ।

जहाँको भएपनी नेपाली नागरिक भएकोले मानविय हिसाबले यो परिबारलाई सक्दो सहयोग गर्न पाएकोमा आफुलाई खुशी लागेको मेयर भुसालले बताए । दिलिप बिक श्रीमति सहित रेसुङ्गा नगरपालिका २ बाख्रेछेडामा  विगत नौ महिनादेखी डेरा गरी बस्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend