साझा नेटवर्क

साझा नेटवर्क संवाददाता
वैशाख ७ गते । अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चले विश्वभर फैलीरहेको कोरोना भाइरसले जनजीवनलाई अस्तब्यस्त बनाईरहदा बिहान बेलुका हात जोर्न समस्यामा परेका केही दुःखी,गरिब,अति बिपन्न,असाय र जटिल रोग संग लडीरहेका परिवारका व्यक्तिहरुलाई ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
विश्व भरी छरिएर रहेका अर्घाखाँची वासीहरुको साझा संस्था आइएसियोले अर्घाखाँची जिल्लाको ४ वटा पालिकामा रहेका ७ परिवारलाई १० हजार र ५ हजार नगद तथा खाद्यान्न सामग्री वितरण गरिएको हो ।
पहिलो चरणमा हामी संग सम्पर्कमा आएका मालारानी गाउँपालिका वार्ड नम्बर ४ निवासी क्यांसर पीड़ित भुवन रिजाल परिवारलाई नगद १० हजार मालारानीकै वार्ड न. ५ बागी निवासी बिबस कुंवर को आमा सरिता कुंवर लाई १० हजार सन्धिखर्क नगरपालिका वार्ड न.१० सानो बराप निवासी क्यान्सर पीड़ित गोपाल बिश्वकर्मा लाई १० हजार सहयोग गरिएको अध्यक्ष रञ्जित क्षेत्रीले बताउनु भयो ।

त्यस्तै छत्रदेब गाउँपालिका वार्ड न.६ ठुलापोखरा निवासी पदम बन्जाडेको परिवारलाई १० हजार बराबरको खाद्यान्न सामग्री गत चैत १ मा हिमपात बाट मृत्यु हुने भुमिकास्थान नगरपालिका वार्ड न.९ निवासी शालिकराम बलाल को श्रीमती मिना बलाल लाई रु ५ हजार बराबरको खाद्यान्न सामाग्री र भूमिकास्थानकै वार्ड न.४ निवासी पार्वती खत्री र मान बहादुर बिक को घर परिवार लाई ५ हजारको खाद्यान्न वितरण गरिएको थियो ।
उक्त वितरण सहयोग रकम संस्थाका कार्यसमिति पद्धाधिकारीहरुले आफनो छाक बाट केही काटेर पीड़ितहरुको घरमा चुलो बोलोस कहि भोकै मर्न नपरोस भन्ने सोच राखेर सहयोग संकलन गरि वितरण गरिएको र दोश्रो चरणको सहयोग पनि छिट्टै वितरण गरिने गरि संस्था अघाडी बढेको हुदा मन्चमा आवद्ध हुन अर्घाखाँची वासीहरुलाई अध्यक्ष क्षेत्रीले आव्हान समेत गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend