साझा नेटवर्क
कमल पौडेल, गुल्मी बैसाख ६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटि अध्यक्ष समेत रहेका युवा व्यवसायी खगिश्वर अर्याल (विष्णु) ले म्याग्दी देखि सल्यान जान हिँडेका मजदुरहरुलाई खर्वाङबाट उद्धार गरि आफ्नै ट्याक्टरमा राखि बुर्तिवाङ सम्म पुर्याउनुभएको छ। गाउँपालिका संग समन्वय गरि निशुल्क रुपमा ११ जना मजदुरहरुलाई बुर्तिवाङ पुर्याइछोडेको जानकारी दिनुभएको छ।

दिउसोको टन्टलापुर घाममा हिँड्दै आएको देखेपछि गाउँपालिका अध्यक्षलाई फोन गरें उहाँले हुन्छ पठाऔं भन्नुभयो गाडि विचमा नरोकिने भएपछि मैले पठाएँ, अर्यालले भन्नु भएको छ। म्याग्दी, पर्वत, स्यांजा र बागलुङका विभिन्न स्थानका विभिन्न योजनामा काम गरिरहेका मजदुरहरु गन्तव्यमा पुग्न पैदल हिँड्दै गरेको देख्न सकिन्छ।
यसै विच वडिगाड गाउँपालिकामा भेटिने मजदुरहरुलाई भेटेसम्म गाडिको व्यवस्था गरेर सिमाना सम्म पुर्याइरहेको बडिगाड गाउँपालिकाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend