logo
  • मंगलबार, असोज १३ २०८३

नेपालमा आज एकजना कोरोना संक्रमित भेटिए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौँ, वैशाख ६ ।
दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन । आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend