साझा नेटवर्क
टेकराज थापा ।
आजभोलि विभिन्न सामाजिक संजालमा जताततै छरपष्ट देखिने दृश्यले मलाई भाबुक बनायो । हुन त म त्यहि देशको माटोमा हुर्की बढेको मान्छे म । बाध्यताले आफ्नो गाउँ त्यो ठाउँ छोडनु पक्कै रहरले थिएन्न म जस्ता लाखौं युवाहरु आफ्नो मातृभूमि छोडेर मीठो सपनाको खोजिमा प्रदेशिएका हामि त्यो हाम्रो रहर भन्दा पनि सबैको आ-आफ्नो बाध्यता होलान्।

मर्ने रहर कस्लाई पो हुदो रहेछ र धनको माया भन्दा पनि ज्यानको माया सबैलाई नै हुदो रहेछ । बिकासित मुलुक आज धनले नै बचाउन मिल्ने भए सायद अमेरिका, इटाली, फ्रान्स स्पेन, जस्ता देशहरु आफ्नो देशका नागरिकलाई बचाउने प्रयास पक्कै गर्ने थिएन्न होलार तर बिडम्वाना दैवको सामु लडन सक्ने शक्ति पैसामा न हुदो रहेछ । न धनि न गरिब आखिर मान्छे- मान्छे एउटै तर वर्ग छुट्टै कस्तो हाम्रो बिडम्वानाको समाज तर विश्व यति बेला त्रसित छ।

जुन परिवारका सदस्य आफ्न्ता देखी टाढा छन । उनिहरुलाई रातदिन डर त्रास त छदैछ । त्यस मध्यको एक ब्यक्ति म पनि हुँ । मलाई पनि मेरा आफ्नो परिवार देखि टाढा हुने रहर त कहाँ पो थियो र यहि सबैका प्रस्थिती बाध्यता आदि इत्यादि। मानिसको जीवन कर्कालाको पानी सरि भन्ने गर्थे तर आज बिश्व व्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोगिन विभिन्न देशहरूले लक्डाउन गरि ती आफ्ना नागरिकलाई आफ्नै घर भित्री बस्न आह्वान गरिएको भएता पनि दैनिकी हजारौं मानिसले ज्यान गुमाइ रहेका छन।
उनिहरुले आफ्नो परिवार आफन्तको मुख समेत देख्न नपाई, अन्तिम दास संस्कार समेत गर्न पाएका छैनन । यो कस्तो ज्यानमारा भाइरस रहेछ दैबको सामु कसैको केही न लाग्दो रहेन्छ । हाम्रो जस्तो मुलुक स्रोत साधनको उपयोग न भएको देशलाई त झन यस विरुद्धको लडाइँ गर्नु भनेको आकाशको फल आँखा तरि मोर भने जस्तै हो।
तर हामिमा स्रोत र साधनको अभाव पक्कै नै कमि होला तर हाम्रो त्यहाँको भौगोलिक बाताबरणले साथ दिएको छ। स्वच्छ हावापानी हरियाली अर्गानिक खानपिनले पनि केही हदसम्म रोग सँग सामाना गर्ने सक्ने हामिमा शक्ति छ जस्तो देखिन्छ । दु:खद कुरो बिपतको समयमा सामाजिक संजालमा हामीले एक र अर्को बिच जुन चर्को आलोचना गर्ने बाहेक केही देखिदैन हुनत न त बादरले आफ्नो घर बनाउछ नत अर्काको बनाएको देख्न सक्छ।
यो बेला एकले अर्को टिप्पणी गर्नु भन्दा पनि यसको विरुद्ध कसरी सामाना गर्न सकिन्छ भन्ने चिन्तन हुन देखिन्छ तर खैत हामी ब्यवहारमा उतारीएको खासै देखिदैन । यो बैशाख चर्को गर्मीमा दुधे बालकलाई पिठिउमा बोकेर पैदल यात्रामा एक जिल्लाबाट अर्को जिल्ला हुँदै आफ्नो गाउँ फर्कीन पक्कै कसैलाई रहर थिएन्न होला उनिहरुको पनि आ- आफ्ना बाध्यता होलान्।
कोहि बडरमा अलपत्र भने कोहि त सडक पेटिमा भोकभोकै दुधे बालक कोखमा च्यापेर सुतिरहेको देखिन्छ यहि हो त मानवता खैत उनिहरुको उद्दार गरेको खैत राज नेता खैत सरकार खैत जन प्रतिनिधि केबल जनता भनेका त्यो कुर्सीमा पुर्याउको लागि हुन्त त्यो स्थानमा पुर्याउन ठूलो हात यही जनताको छ ।
त्यो बेला उनीहरुको टाउका गिनिगिनी चुनाव जितेको बिर्सेयो र धिक्कार छ । जनतालाई १ केजि दाल र ५ केजि चामल थम्थमाएर दिन भर मजदुर गरेर बिहान बेलुकी छाक टार्ने निमुखा जनतालाइ पुग्दैन सरकार । लक्डाउन अबधि भरी गरिखाने बर्गलाई त सधैको दु:ख छ्दैछ हुने खाने बर्गलाई पहिले राहत लिनको चट्रेरो देख्दा पनि अचम्म लागेर आउँछ कति निकम्मा रहेछौं ।
खिन्न लागेर आउँछ कतै रोगको सिकार भन्दा पनि भोकभोकै खान नभाएर बाध्य भइ गरिव दुखि जनताले ज्यान गुमाउने स्थित श्रीजना हुने त होइन भन्ने यो मेरो मानस पटलमा यतिबेला घुमिरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend