logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको मुसिकोट नगरपालिकाले २१ सय ६२ घरधुरीमा राहत वितरण गर्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, गुल्मी बैसाख ५ ।
गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका २१ सय ६२ घर धुरीमा राहत वितरण गरेको छ। राहत वितरणवाट १० हजार १ सय ३१ जना प्रत्यक्ष लाभान्वित भएका छन्। राहत सामाग्रिमा ५ सय ६४ क्वीन्टल ५० केजि चामल, ४३ क्वीन्टल २४ केजि दाल, २१ सय ६२ लिटर तेल, २१ क्वीन्टल ६२ केजि नुन र ४ हजार ३ सय २४ गोटा सावुन वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभएको छ।

जस अन्तरगत वडा नं. १ मा सवैभन्दा वढि ३ सय २४ घरधुरीलाई र सवै भन्दा कम वडा नं. ९ मा १ सय ७१ घरधुरीलाई राहत वितरण गरिएको हो। जातिगत हिसावले हेर्दा १ हजार ९६ दलित परिवार, ६ सय ९४ जनजाति परिवार र अन्य ३ सय ७२ परिवार रहेको नगरपालिकाका सुचना अधिकारी समुन्द्र विक्रम रायमाझिले जानकारी दिनुभएको छ।

नगरपालिकाले नगरभित्र कोहि अलपत्र ढंगले हिँडिरहेको मजदुरहरु भेटिए सम्बन्धित ठाउँमा पुर्याउन समन्वय गर्ने पनि नगरपालिकाले जनाएको छ। नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका भित्र सवै कृषकहरुलाई कृषि उत्पादनमा लाग्न, खेतवारीमा काम गर्न आग्रह गर्नुभएको छ।

प्रमुख सापकोटाले सामुहिक जमघट नहुन भनेको तर सामाजिक दुरी कायम राखेर कृषिमा लाग्न किसानहरुलाई आग्रह गर्दै विकास निर्माणका काम समेत नरोक्नको लागि पहल गरिरहेको पनि जानकारी दिनुभएको छ। नगरपालिकाले नगरभित्र वाँझो जग्गा वा कसैको जग्गा लिजमा लिएर व्यवसायीक खेति गर्ने कृषकहरुलाई जग्गा धनिलाई तिर्ने भाडाको ७५ प्रतिशत रकम सम्म तिरिदिने व्यवस्था गरेको जानकारी दिनुभएको छ।

त्यस्तै सापकोटाले हाल कृषकले उत्पादन गरेको तरकारी, मासु, दुग्ध जन्य पदार्थ विक्रि नभए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै विक्रि नभएको उत्पादन न्युनतम मुल्यमा नगरपालिकाले खरिद गरि राहतको रुपमा वितरण गर्ने समेत बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend