logo
  • मंगलबार, असोज १३ २०८३

बुटवलका इस्मालीद्वारा राहत वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख ५ ।

गुल्मी इस्मा रुपन्देही सम्पर्क समाजद्वारा रुपन्देहीमा रहेका ज्याला मजदुरहरुलाई राहत वितरण गरिएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट रुपन्देहीमा आई विभिन्न काम गर्ने श्रमिकहरुलाई इस्मा सम्पर्क समाजले चामल, दाल, तेल र नुन वितरण गरेको समाजको अध्यक्ष बाबुराम गौतमले बताए ।कोरोनाका कारण डेरामा वन्दीभई खान बस्नको अभाव भएका २७ परिवारका आश्रीत १५० सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको समाजका उपाध्यक्ष कृष्ण जि सिले जानकारी दिए । सम्पर्क समाजले रुपन्देही स्थित ती.न.पा ४ ड्राइभरटोल र बुटवल उप महानगरपालिका स्थित ट्राफिक चोक होटेल न्यु अमरबाट पीडित परिवारलाई राहत वितरण गरिएको पत्रकार तिलक महतले जानकारी दिए ।

गुल्मी इस्माको कुनै पनि व्यक्तिलाई समस्या भएमा बुटवल स्थित न्यु अमर होटेल र ड्राइभरटोल स्थित न्यु ब्लु बेल पार्टी प्यालेसमा बस्न खान व्यवस्था गरिएको समाजका कोषाध्यक्ष राजिव अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend