साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान बैशाख ५ ।
काठमाडौं बाट बिहिवार गौमुखी गाउँपालिका आउनु भएकि गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार क्वारेन्टाइनमा बस्नु भएको छ ।
गौमुखी गाउँपालिकाले वडा न ५ खुङको पुर्ण प्र.बि सालिबिसौनामा निर्माण गरेको क्वारेन्टाइनमा उहाँलाई राखिएको र उहाँ सँगै आएका चार जना पनि क्वारेन्टाइन रहेको छन् । यस भन्दा अगाडि कामको शिलसिलामा बाग्लुङ बाट घर फर्की राप्ती गाउँपालिका दाङ जादै गरेका चार जना युवा क्वारेन्टाइनमा बसेको र समय अवधी पुगेकाले घर पठाइएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो । लकडाउन अगाडि उपचारको शिलसिलामा काठमाण्डौ गएको र लकडाउनमा परेको उपाध्यक्ष तुलसी सुनार बताउनु हुन्छ ।उहाँले कसैको दबाब भन्दा पनि आफु इमानदारी पुर्बक क्वारेन्टाइनमा बसेको र बाहिर बाट आउने जो कोहिलाई पनि आफु र घर परिवार सुरक्षित हुन क्वारेन्टाइनमा बस्न अनुरोध गर्नु भयो ।
क्वारेन्टाइनमा बस्नेलाई सुरक्षाको ब्यबस्था मिलाइएको ईलाका प्रहरी कार्यालय पुजा लिबासेका प्रहरी प्रमुख हरि बहादुर गुरुङले बताउनु भयो । भने क्वारेन्टाइनमा बस्दा बिरामी भएमा स्वास्थ्यकर्मीहरु खटाइने र हेल्थडेक्स स्थापना भएकोले स्वास्थ्य परिक्षण तथा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend