साझा नेटवर्क
सूर्य सुनार,गुल्मी बैशाख ४ ।
धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा विपत व्यवस्थापनको बैठक विहीबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण वडामा कसैलाई असर नहोस् भन्ने उदेश्यको साथ सचेतना अभिबृद्धि तथा सर्तकता सहजीकरणको निम्ती भन्दै बसेका बैठकले वडा भित्रका सम्पूर्ण शिक्षकलाई स्वंयसेवकको रुपमा प्रयोग गर्ने निर्णय गरेको वडाध्यक्ष भणडारीले जानकारी दिनुभयो ।
माहामारी विपत व्यवस्थापन समिति लाई थप प्रभाकारी बनाउन आज बसेको बैठकले वडा भित्रका सम्पूर्ण शिक्षकहरुलाई समावेश गरिएको धुर्कोट प्रमानन्द बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । वडा भित्रका सम्पूर्ण शिक्षकहरुको टोलगत समिति गठन गरी विद्यार्थीहरुले घरमा अध्ययन गरेका छन् कि छैन् भनेर उनीहरुको अनुगमन गर्ने,विद्यार्थीहरुले अध्यनन गर्दा आफुले नजानेको प्रश्नको उत्तर शिक्षकले घरमा गरी उनीहरुलाई सचेत गराउन शिक्षकलाई स्वंयमसेवकको रुपमा प्रयोग गरीएको क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।
वडा भित्रका सम्पूर्ण विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने आधारभूत आवाश्यक शौचालय वेन्च डेक्स ,आवाश्यक कपडा ,खद्यायन्न लाई थप प्रभावकारी बनाउने निर्णय गरिएको वडाध्यक्ष हुन्डीराज भण्डारीले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend