logo
  • शुक्रबार, असोज ९ २०८३

हामी भगवानसँग सबैका लागी प्रार्थना गरौं


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

– टेकराज थापा ।
“WE ARE PRAYING FOR TO ALL” विश्व व्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) बाट विश्वभरका २१० देशहरू सङक्रमित छन । जसमा विश्वभरका क्षेत्रहरू २ अन्तर्राष्ट्रिय कन्भरेभन्सलाई समेत प्रभाव पारेको छ । एक तथ्यांक अनुसार जसमा अहिले विश्वभरी  २०,९१,५१५ सङक्रमित छन भने  १,३५,२३० जनाले ज्यान गुमाएका छन ।

५,१६,८३१ जना चेकजाँच पश्चात उनिहरु निको भएर आफ्नो घर फर्कीसकेका छन । भने ५१,०९७ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्ड मिटर लाइभ अप्डेटमा उल्लेख गरेको छ । नोवेल कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी अमेरिकामा बसोबास गर्ने २८,५५४ नागरिकले ज्यान गुमाउनु परेको छ ।

त्यस्तै २१,६४५ इटाली, १८,८१२ स्पेन,  १७,१६७ फ्रान्स, १३,८६८ युके र अन्य देशहरुमा पनि हजारौं सङ्ख्यामा ज्यान गुमाउनु परेको छ । अहिले सम्मको देशहरू र क्षेत्रहरूको सूची र उनीहरूको महाद्वीपीय क्षेत्रीय वर्गीकरण संयुक्त राष्ट्र जियोस्चेममा आधारित छ । स्रोतहरू “पछिल्लो अद्यावधिकहरू” अन्तर्गत प्रदान गरिएका छन् । वेबसाईट Worldometer.com मा गएर पनि COVID-19 डाटा को बारेमा अधिक हेर्न सक्नुहुन्छ ।

हामी कामना गरौं जो व्यक्ती संक्रमित छन् कृपया तिनीहरूका लागि प्रार्थना गर्नुहोस् किन कि बाच्ने इच्छा सबैमा हुन्छ कसैले आफ्नो परिवार आफ्न्त गुमाउन चाहदैन । उनिहरुले विभिन्न सामाजिक संजाल मार्फत आफन्त गुमाउँदै गरेको पिडाको दर्दानक भिडियो, स्टाटसले पनि तपाईं हामिलाई भाबुक बनाएको छ ।

हे भगवान हे अल्ला हे ईस्वर हामिलाई यो महामारी कोरोना भाइरस मृत्युको मुखबाट बच्ने शक्ति दिनु भनी विश्वका नागरिक नै अहिले प्रथाना गरिरहेका छन । त्यसैले तपाईं हामीले पनि कामना गरौं हाम्रो आशिर्वाद र सबैले उनिहरु आइसुलेसन उपचाररत, क्यारेन्टाइनमा रहनु हुने जोहिकोहि हुनुहुन्छ उहाहरुको रिजल्ट नेगेटिभ आओस् ।

तपाईं हाम्रो अधिक प्रार्थनाले उहाँ मृत्युको मुखबाट बच्ने शक्ति प्रदान हुनेछ । दैनिकी मृत्युको खबरले तपाईं हामी सबैलाई चिन्तित बनाएको छ । हामी सबै एक अर्काको दुआ मागौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend