logo
  • शुक्रबार, असोज ९ २०८३

५२ दिनमा “मेरी छोरी”लाई एक करोडभन्दा बढी दर्शकले हेरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं ।
गायक एवम् संगीतकार नरेश खातीको संगीत रहेको ‘मेरी छोरी’ बोलको गीतले एक करोड भ्यू क्रस गरेको छ । “मेरी छोरी”लाई युट्युटमा अपलोड गरेको ५२औँ दिनमा एक करोड भ्यू क्रस गरेको हो । संगीतकार खातीका अनुसार बुधबार गीतले एक करोड भ्यू क्रस गरेको बताए ।

कोरोना भाइरसको संक्रमणका कारण सिङ्गो मुलुक लकडाउनमा रहेका बेला संगीतकार खातीलाई ‘मेरी छोरी’ले खुसी ल्याइदिएको हो । ‘सबैको आ–आफ्नो सपना हुन्छ’, खातीले भनेका छन्, ‘सोही अनुरुप मेरो पनि एउटा सानो सपना पूरा भएको छ ।’ संगीतकार खातीको धेरै सिर्जनामध्ये ‘मेरी छोरी’ले युट्युबमा पहिलो पटक एक करोड भ्यू पाएको हो ।

‘नेपाली गीतसंगीतको यात्रा गर्दै जाँदा व्यवसाय र बजार पनि फरक हुँदै गयो’, खातीले भने, ‘अडियो क्यासेट सीडी भीसीडी, आरबीटी हुँदै अहिले यूट्युबसम्म आउँदा मेरो गीत कहिले करोड क्लवमा जान्छ होला भन्ने एउटा कौतुहलता र छटपटाहट भइरहन्थ्यो ।’

संगीतकार खातीले खसी व्यक्त गर्दै भनेका छन्, ‘आज मेरो शब्द संगीतमा रहेको ‘‘मेरी छोरी’’ले यो सपना पूरा गरिदिएको छ । यो गीतसँग जोडिनु भएका सम्पूर्ण सदस्य, दर्शक, श्रोताहरूलाई मनैदेखि धन्यवाद । ‘मेरी छोरी’मा माण्डपी त्रिपाठी र मेक्सम खातीले स्वर दिएका छन् । बालगायिकामा दीपिका कँडेलकाे स्वर रहेकाे छ ।

शब्द नरेश खाती आफैले लेखेका हुन् । गीतको एरेञ्ज पुरुषोत्तम न्यौपाने, साउण्ड मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् । म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । म्युजिक भिडियोमा दिलिप रायमाझी, दीया जिसी तथा बालकलाकारमा अभिलिना खड्काले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend