logo
  • मंगलबार, असोज १३ २०८३

नयाँ वर्षको अवसर पारी लकडाउन उल्लघंन गर्ने १७ जना होम क्वारेन्टाईनमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी वैशाख ३ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङ्गमा नव बर्षको अबसर पारी लकडाउन उल्लघंन गर्ने सत्र जनालाई होम क्वारेन्टाईनमा राखिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) तिब्र रुपमा फैलिने त्रासमा लकडाउनले मुलुक ठप्प भएको छ ।

सरकारले घरभित्रै बसेर सुरक्षित हुन आग्रह गरिरहेको बेला गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङका केहि युवाले लकडाउनको उल्लघंन गरेका थिए । नयाँ वर्ष २०७७ सालको पहिलो दिन अग्लुङस्थित झिगनपानीका युवा भेला भएर सार्वजनिकस्थलमा पिकनिक कार्यक्रम गरेका थिए ।

गाउँका १७ जना युवा पिकनिक गएर लकडाउन उलंघन गरेका हुन । सोहि अनुसार गाउँकै गोलढुंगामा गएर युवाले सामाजिक दुरीलाई समेत ख्याल नगरीे पिकनिक खाएका तस्बिर सार्वजनिक गरेका थिए । सार्वजनिक रुपमै भेला भएर पिकनिक गरे संगै अग्लुङ्ग वडा कार्यलयले वैशाख ०३ गते सर्वदलिय बैठक राखी अब देखि यस्तो नगर्ने भन्दै माफि मागेका हुन ।

सोहि अनुरुप आजदेखी उनिहरुलाई १४ दिन सम्म होम क्वारेन्टाईनमा राख्ने निर्णय गरीएको त्यहाबाट नेपाली कागे्रस अग्लुङका सभापति शुसिल चन्दले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend