साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु वैशाख ३ ।
अहिले महामारिको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा पूरा विश्व नै त्रसित र आक्रान्त बनेको छ । यसै क्रममा कोरोना नियन्त्रणको निम्ती विभिन्न देशहरुले लकडाउन गरिरहेका छन । नेपाल सरकारले पनि कोरोना नियन्त्रण गर्न यथासक्य प्रयास गरिरहेको छ । कोरोना नियन्त्रणको प्रयास एकातर्फ चलिरहदा उता दैनिक मजदुरी गरि खानेहरूको दैनिकी भने दिनानुदिन असहज बन्दै गइरहेको छ ।
यसै क्रममा समाजसेवी तथा पब्लिक पावर ग्रुपका केन्द्रिय अध्यक्ष भोज राज जोशी (क्वालिटी) ले भने डेरा गरि बसिरहेका बिद्यार्थी हरुलाइ सबै घरधनिले एक महिनाको भाडा मानवताको आधारमा छुट गर्नु पर्ने बताएका छन । यस्तो समस्या को घडिमा एकले दोस्रो लाई सहयोग गर्नु नै महान कार्य हो तसर्थ एक महिना को भाडा छोडी दिन हुन सम्पुर्ण घरधनीहरुलाइ उहाँले आफ्नो फेसबूक स्टेटस बाट अनुरोध गरेका हुन ।
यस अघि सिमा मा अलपत्र नेपालिहरुको लागि पनि अध्यक्ष जोशिले अवाज उठाउनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend