logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीका एक युवकलाई कोरोनाको आशंकामा बुटवल रिफर गरियो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार,गुल्मी बैशाख ३ ।

अहिले विश्वजगत कोरोना भाइरस (कोभिड-१९) को माहामारीमा छ । नेपाल पनि अहिलेको अवस्थामा कोरोनाको महामारीबाट अछुतो भने छैन यस अवस्थामा सामान्य रुघाखोकी लागेपनि मानिस त्रासित छन् । यसैबीच गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ साविक खज्याङ्ग गा.वि.स. वडा नम्बर १ निवासी एकजना व्यक्तिलाई ज्वरो आई बैशाख २ गते रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच हुँदा निजको शारीरको तापक्रम १०४ डिग्री फरेनहाइट मापन गरिएको र निजको रुघाखोकी समेत लागेको अवस्था भएकाले आरडिटी माध्यमबाट निजको कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ प्रात्त भएको थियो ।

निजको स्वाबसंकलन गरी परिक्षणका लागि भैरहवा स्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र बिरामीलाई थप उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल रिफर भई हाल लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा निजको उपचार भइरहेको छ ।  हाल विरामीको अवस्था सामान्य रहेको छत्रकोट गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । तर उनको रिपोर्ट भोली विहीबार आउने र निजको दाइ भारत बाट आएको र उनीमा सामान्य लक्ष्यण देखीएकोमा उनलाई वातस्ताविक के हो भनेर उपचारको लागि बुटवल पाठाइएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताउनुभयो ।

उनको नामभने गोप्य राखिएको गाउँपालिका अध्यक्ष पन्थले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend