logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा वडाअध्यक्षद्वारा मदिरा सेबन गर्ने २ जनालाई पक्राउ, लकडाउनको उल्ङ्घन गर्दै युवाहरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी बैशाख २ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङ्गमा मदिरा सेबन गर्ने दुई जनालाई वडा कार्यलयले नियन्त्रणमा लिएको छ । बिस्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड-१९) फैलिने त्रासमा मुलुक ठप्प भएको छ । नेपाल सरकारले पनि सम्पुर्ण नेपालीजनलाई घरभित्रै बसेर सुरक्षित रहन आग्रह गरेको छ । कुनै पनि सभा,भेला,मदिरा सेबन गर्न पुर्ण रुपमै बन्देज लगाईएको छ ।

यसलाई रोक्न अग्लुङ्ग वडा कार्यलयले पनि विभिन्न पहल अगाडि बढाएको र यस वडा कार्यलयले वडा अध्यक्ष आफू जताततै भ्याउन सम्भब नभएको कारण साबिकको वडाहरुमा बुद्दिजिबी ब्यक्तिहरुको संयोजकत्वमा ०९ समिती गठन गरेको छ । सोही अनुरुम साबिकको वडा नम्बर ०२ मा गुमानसिङ्ग चन्दले आफू र वडा अध्यक्षको पहलमा मदिरा सेबन गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ ।

जुन ब्यक्तिहरु स्थानिय भएको वडा अध्यक्ष प्रेम चन्दले जानकारी दिनु भएको हो । मदिरा सेबन गर्ने दुई जनालाई तत्कालको लागि प्रती ब्यक्ति 2000 का दरले दण्डित गराईएको छ । उनिहरुले अब यस्तो नहुने बताएका छन तेस्तै बाकी सजाय वडाकार्यलयको नियम अनुसार अगाडि बढाउने र सोही मदिरा वडा सदस्यको घरबाट बिक्री भएको खुल्न आएको छ ।

अध्यक्ष भन्नू हुन्छ कानुन सबैलाई बराबर हुन्छ चाहे अरु वा वडासदस्य होस , अग्लुङ्गमा अब जसरी पनि मदिरा निषेध गरेरै छाड्छौ अब यस्तो गर्नेलाई सजायको भागिदार बन्नु पर्ने पनि जानकारी दिनु भएको छ । तेस्तै नयाँ बर्षको अबसर पारेर केही युबाहरुले लकडाउनको उल्लघन गरेका छन । नव वर्ष २०७७ सालको पहिलो दिन अग्लुङ्ग स्थित झिगनपानीका केही युबाहरुले युबा भेला भएर सार्बजनिक स्थलमै पिक्निक कार्यक्रम गरेका हुन ।

गाउँका १५ /१६ युबा पिकनिक गएर गाउँकै बदनाम गरेको पनि वडा अध्यक्ष प्रेम चन्दले जानकारी दिनु भएको छ । उहाँ बताउनु हुन्छ बैशाख ०३ गते वडा कार्यसमितिको बैठक राख्छौ र बिसृत रुपमा बुझेर अगाडि बढ्छौ । युबा आफै जनचेतनाको लागि लाग्नु पर्ने आफैले लकडाउनको दुरपयोग गरेको भन्दै दुख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend