logo
  • मंगलबार, असोज १३ २०८३

धुर्कोट गाउँपालिका वार्ड न ६ मा खाद्यान्न सामाग्री वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अजय जेम्स,गुल्मी बैशाख २ । 

धुर्कोट गाउँपालिका वार्ड न ६ मा खाद्यान्न सामाग्री वितरण गरिएको छ । गुल्मीको धुर्कोट गाउँपलिकाले मंगबार वार्ड नम्बर ६ मा ५० जना बिपन्न परिवारहरुलाई दोस्रो चरणको खाद्य सामाग्री वितरण गरिएको हो ।उक्त वार्डमा प्रती परिवार २५ केजी चामल,आधा लिटर तेल, १ पोका नुन र १ ओटा लाइफबोए साबुन वितरण गरिएको वडाध्यक्ष कृष्ण नेपालीले बताउनुभयो । वडामा “क”र “ख” वर्ग छुट्टाएर पहिलो र दोस्रो चरणमा गरी १६० जना “क” वर्गका विपन्न परिवारले राहत सामाग्री पाएका हुन् ।

यतिबेला नेपाल सकारले देशभर लकडाउन गरेर दिनभर ज्याला मजदुरि गरि घर परिवार चलाइरहेकाहरु अहिले घरमै बसिराखेको अवस्थामा गाउँपालिका बाट खाद्यान्न सामाग्रीहरु राहत पाएपछी उक्त वार्डका लाभग्राहिरुले खुसीव्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend