साझा नेटवर्क
अमृता गाहा,गुल्मी बैशाख २ ।
पछिल्लो समय विश्वजगत नै कोरोना भाइरस महामारीको चपेटामा परेको छ । नेपालमा नि यसको प्रभाव विस्तारै देखिन थालेको छ । आज सरकारले लकडाउन घोषणा गरेको पनि २२ दिन भैसक्यो हुनेखाने धनीलाई यसबाट खासै फरक नपर्ला तर मजदुरी गरेर विहान वेलुकी छाक टार्नेको लागी भने अति नै समस्या परेको छ । खान नपाएर भोकमरी आउन सक्ने अवश्था छ । त्यहीँ अवस्था नआओस भनेर गुल्मी जिल्लाका अधिकाशं स्थानीय तहहरुले लकडाउनको समयमा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । यसैक्रममा गुल्मी जिल्लाको एक स्थानीय तह चन्द्रकोट गाउँपालिका वडा नं. ४ ले आज दोस्रो चरण अन्र्तगतको राहत वितरण गरेको छ ।
पहिलो चरणमा राहत वितरण गत चैत्र २६ गते गरिएको थियो । जसअन्र्तगत २० घरपरिवार लाभान्वित भएका थिए भने दोस्रो चरणको राहत वितरण बाट ५३ घरपरिवार लाभान्वित भएका छन् । जसमध्ये १७ घरपरिवार गाउँपालिका भन्दा बाहिरका विभिन्न देशमा मजदुरी गरेर खाने रहेका छन् । २ भन्दा माथिका परिवारलाई ३० के.जी. चामल, २ के.जी. चिनि, २ लिटर तेल, ३ के.जी. दाल , नुहाउने साबुन २ र कपडा धुने साबुन २ वटा साथै २ वा सो भन्दा कम भएका परवारलाई यसैको आधा अत्यावश्यक सामाग्रि राहत स्वरुप प्रदान गरिएको चन्द्रकोट गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष भरतलाल थापाले जानकारी दिनुभएको छ । साथै विपन्न परिवार राहत वितरणमा छुटेको भए खबर गरे पुःन राहत वितरण गरिने उहाँले बताउनु भएको छ ।
उक्त राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष द्रोण खत्री, वडा नं. ४ का वडाध्यक्ष भरतलाल थापा , प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारी, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा लगायत विभिन्न सरोकारवालाहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend