साझा नेटवर्क
अजय जेम्स,गुल्मी बैशाख १ ।
धुर्कोट गाउँपालिका वडा नम्बर ७ मा खाद्यान्न सक्रिय युवा अर्जुन भण्डारीको अध्यक्षतामा वितरण गरिएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ का सक्रिय युवाहरुले युवाहरु बाट रकम जम्मा गरि साविकको वडा नम्बर १ का अति विपन्न १० परिवारलाई खाद्यान्न स्वरुप वाग्लामा २५ किलोग्राम चामल , २ लिटर तेल , २ किलोग्राम दाल, २ वटा हात धुने साबुन र स्वाहिविन वितरण गरिएको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो । युवाहरुको सक्रियतामा १८ हजार उठाएको थियो ।
जसमा राहत पाउनेले एक जनाले १८ सय बराबरको खद्यान्न वितरण गरिएको संयोजक पौडेलले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend