logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाडले लकडाउनलाई थप कडाई गर्ने,नागरिक जोगाउनु पहिलो कर्तव्य भएको गाउँपालिकाको भनाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडल,बागलुङ वैशाख १ ।

बडिगाड गाउँपालिकाले लकडाउनलाई थप कडाइ गर्ने भएको छ। बागलुङमा थप संक्रमणको संभावना देखिएपछि नागरिक जोगाउन थप कडाइ गर्नुपर्ने अवस्था आएको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले बताउनु भएको छ । सनिवार बडिगाड भित्रका सुरक्षा निकाय सहितको छलफल समेत भएको र आइतवार बडिगाडका संवेदनशिल नाकामा प्रत्येक ८÷८ घण्टे ड्युटि सहित स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

नाकामा रहेका पुलहरुमा व्यारेल स्थापना गरि चाँपी लगाउने, अत्यावश्यक वाहेक कुनैपनि सवारी साधन चल्न नदिने, कुनैपनि व्यक्ति अत्यावश्यक वाहेक कुनैपनि वाहनामा एक टोलवाट अर्कोटोलमा जान प्रतिवन्ध लगाउने र त्यसको प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ । बडिगाड गाउँपालिका वडा नं. २ को जिमि दमार वाट आफन्त भेट्न मालिका गाउँपालिका गुल्मी पुगेका २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरेकोले प्रहरीले नियन्त्रणमा लिइ, बडिगाडमा वुझाएको छ । विगतमा केहि नरम वनेको प्रहरी प्रशासनलाई थप जिम्मेवार भएर लाग्न र स्थानिय आफैपनि सजक हुनुपर्ने भएकोले कोहिपनि आफ्नो गाउँटोलमा आए तत्कालै नियन्त्रणमा लिइ प्रहरीकहाँ खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले नयाँ वर्षले शान्ति ल्याउने, आम नागरिकलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सहयोग पुर्याउने कामना गर्दै सवै नागरिकलाई सामाजिक दुरी कायम राख्न आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend