साझा नेटवर्क
सूर्य सुनार,गुल्मी बैशाख १ ।
पहिलेका मानिसहरुले समाज सेवा काम गर्दा कुनै राजनितिक गर्ने गदैन्थे । तर अहिले भने समाज सेवा काम गर्दा सरकारी रकम कहाँ बाट आउन्छ भनेर मुख ताकेर बस्छन । तर समाज सेवा काम गर्दा आफनै रकमबाट समाजमा उदारणीय काम गरेर चिनिएका छन मुसिकोट नगरपालिका वडा नम्बर ३ का वडा सदस्य शकर रायमाझी ।
समाज सेवा काम गर्दा कुनै पदले होइन इमानदारी साथ काम गनुपर्छ भने उनको बनाइ छ । रायमाझी लामो समयसम्म भारतिय सेनामा ३० वर्ष सम्म काम गरेर सेवाबाट अवकास भएर उनी नेपाल आए नेपाल आएपछि उनले समाज सेवा काम तर्फ लागे जब अनी वडागाउँको वडा नागरिक मञ्चको संयोज बने उनले समाज विस्तारै परिवर्तन गर्न थाले वडा नागरिक मञ्चको संयोजक हुर्दा उनले पहिलो काम कृषि शाखा गुल्मी बाट ५ लाख पारेर उनले गाउँलाई कृषि सिँचाइ गर्न तफ लागे र समाजमा अलपत्र परेका गोरेटो बाटा तथा सडक निमार्ण तर्फ उनको नेतृत्वमा भएको बताउन्छन र उनले समाजमा त्यति मात्र नभइ उनाएचौर स्थित मालिका मन्दिर , पेगा शिवलय मन्दिर , गाउँमा प्रतिक्षालय , युवाहरुका लागि खेल मैदान निमार्ण देखी समाजमा सुत्केरी हुर्दा एम्बुलेसको वडागाउँमा समस्या थियो ।
जब रायमाझी नेपाल आएपछि उनले सुत्केरी हुनेका लागि एउटा एम्बुलेस पनि गाउँमा नहुर्दा गर्ववती महिलाले ज्यान गुमाउन नपरोस भनी उनले भारतिय दुताबासको माध्यम बाट बडागाउँमा पहिलो पटक एम्बुलेस लिएका थिए । रायमाझीले समाजमा कुनै विकास सम्बन्धि काम गर्दा उनी पहिलो खम्वा भएर उभिने गरेको बताउनछन । समाजमा विकास गर्दा सरकारले दिएको रकममा काम गर्दा जो पनि होमिन्छन तर आफै कुनै नयाँ काम गर्दा पछि हट्ने गर्दछन तर शकर रायमाझीले भने सरकारको मात्र मुख नोताकेर आफुले नि केही गर्नुपर्छ समाजमा भने भावना उनीमा छ ।
रायमाझीले समाजमा आफनो नेतृत्वमा गरेका प्रत्येक काममा उनको आर्थिक तथा भौतिक सहयोग रहेको बताउन्छन । अहिले रायमाझी समाजमा अभिभावकको रुपमा काम गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend