साझा नेटवर्क
कमल पौडेल,बागलुङ वैशाख १ ।
बडिगाड गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर गर्ने भएको छ । बैंकबाट वितरण गर्दा पनि सामाजिक दुरी कायम राख्न असजिलो हुने र भिडभाड समेत हुन सक्ने भएकोले वडा सचिव मार्फत टोलटोलमै पुगेर र संभव भएसम्म घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भैरहेको गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ ।
लकडाउनले घरमै रहेका जेष्ठ नागरिक, असहाय, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर भत्ता वितरण गरिन लागेको हो। एक हप्ता भित्रै वितरण गर्ने गरि तयारी भएको रेश्मीले जानकारी दिनुभएको छ । यसैविच बडिगाड गाउँपालिकाले प्रत्येक वडावाट खाना सकिएका असहाय, दैनिक ज्यालादारी गर्ने मजदुर, अतिविपन्न नागरिकहरुलाई राहत वितरण गरिरहेको जनाएको छ । तर घरमा खानेकुरा भएका कसैले पनि राहतमा दावि नगरिदिनुहुन र छिमेकमा कसैलाइ सहयोगको आवश्यकता परेको भए खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
कुनै जनप्रतिनिधि तथा कर्मचारीले खाद्यान्न हुँदा हुँदै कसैलाइ खाद्यान्न सकिएको भनि सिफारीस गरे स्वयं सिफरिस कर्तालाई नै कार्वाहि गरिने र कोहिपनि नागरिकलाई भोकै मर्न नदिइने प्रमुख प्रशासकिय अधिकृत वालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ । गाउँपालिकाले उद्योग वाणिज्य संघ संग समन्वय गरि पसलहरुमा राहतका प्याकेट तयारी गरेको छ, समस्यामा परेको परिवारलाई वडा कार्यालयद्धारा कुपन प्रदान गरि पसलवाट सामाग्रि लैजाने व्यवस्था मिलाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend