logo
  • मंगलबार, असोज १३ २०८३

प्युठानमा चट्याङ लागेर ५ जना घाइते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी चैत ३० ।

प्युठानको गौमुखी गाउँ पालिका ६ लिबाङ्गमा चट्याङ लागेर ५ जना घाइते भएका छन । सनिवार बेलुका करिब ६:३० बजे परेको चट्याङ लागेर ५ जना घाइते भएका हुन । घाइते हुनेमा पारश खड्का,सुन्तली खड्का,ढक बहादुर खड्का,ईस्वर खड्का र काली खड्का रहेका छन । अरु घाइतेहरुको अवस्था सामान्य रहेको र  चट्याङमा परि घाइते १ जना पारश खड्का लाई उपचारको लागि जिल्ला स्वास्थय कार्यलय बिजुवार प्युठानमा पठाईएको छ ।

गत बर्ष पनि चट्याङले गौमुखी गाउँ पालिका वडा न ०३ मा रहेको नेपाल टेलिकमको बि टि एस तारमा चट्याङ पर्दा १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । स्थानीयका अनुसार केही वर्षयता यस ठाउँमा पटक पटक चट्याङ पर्ने गरेको र जस्को कारण र्धेरै धनजनको क्षती समेत भै सकेको छ । “यस ठाउँमा अरु भन्दा बढीनै प्रकृतिले ठगेको होकि भन्ने भान हुन्छ र अर्कोतिर राज्यले पनि यहाँको समस्यालाई त्यति गम्भिरताको साथ लिन नसकेको गौमुखी गाउँपालीका अध्यक्ष बिष्णु गिरि बाताउनु भयो “।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend