logo
  • मंगलबार, असोज १३ २०८३

चन्द्रकोट गाउँपालिकामा आजबाट राहत वितरण कार्य सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार,गुल्मी चैत्र ३०।

विश्वजगत अहिले कोरोना भाइरसको लडाइमा लागेको छ । यस अवस्थामा नेपाल पनि कोरोना भाइरस बाट अछुत छौन । नेपाल सरकारले पनि कोरोना भाइरस बाट जोगिनका लागि लकडाउन गरेको आज २० औँ दिन भयो । यो समयमा विहान काम गरेर वेहुकी छाक टनेका लागि मस्किल परेको छ ।जनता लाई खान नपाएर मर्न नपरोस भनी अहिले गुल्मी जिल्लाका पालिकाहरुले पनि राहत वितरण कार्यक्रम गरिरहेका छन त्यस्तै गरि आज चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा आइतबार बाट राहत बितरण कार्यक्रम सुरु भएको छ । राहत स्वरुप २ जना परिवार भन्दा माथि भएका परिवारलाई ३० किलोगा्रम चामल , २ किलोगा्रम चिनी , २ लिटर तेल, २ किलोगा्रम नुन , ३ किलोगा्रम दाल , २ वटा कपडा धुने साबुन , २ वटा नुहाउने साबुन वितरण गरिएको वडाध्यक्ष नन्द्रराम अर्यालले जानकारी दिनुभयो ।

वडाध्यक्ष अर्यालका अनुसार २ जना सम्म भएका परिवार लाई १५ किलोगा्रम चामल , १ कालोगा्रम चिनी , १ लिटर तेल , १ किलोगा्रम नुन , डेड किलोगा्रम दाल , कपडा धुने साबुन १ , नुहाउने साबुन १ गरि वितरण गरिएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend