logo
  • मंगलबार, असोज १३ २०८३

वडिगाडको राहतकोषमा सहयोग थपिँदै, वडा नं. २ मा घरभाडा छुट गर्न घरधनीलाई आग्रह


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बागलुङ चैत ३० ।

बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको विपद व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाडका अध्यक्ष गुणानिधि घिमिरेले ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ वाट वचाउँन राहत तथा अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ । सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । त्यस्तै आज बडिगाड गाउँपालिकाले सुरक्षा निकायका प्रमुहहरु संग छलफल र समिक्षा गरेको छ । गाउँपालिकामा भैरहेको सुरक्षा अवस्थाको सन्दर्भमा समिक्षा गरिएको र आगामी दिनमा लकडाउनलाई थप प्रभावकारी बनाउन गाउँपालिका भित्रका ३ वटा प्रहरी चौकीहरु खर्वाङ प्रहरी चौकी, खार प्रहरी चौकी, र भिमगिठे प्रहरी चौकीले संयुक्त रुपमा समन्वय गरि गस्ति वढाउने, मध्यपहाडि लोकमार्ग क्षेत्र र ग्रामिण क्षेत्रमा फरकफरक गस्ति गर्ने, सुरक्षा व्यवस्थालाई चुस्त बनाउने निर्णय गरेको छ ।

उता प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बागलुङ पश्चिमको अनुगमन समेत गरको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु, प्रहरी उपरिक्षक नवराज भट्ट सहितको टोलीले बडिगाड गाउँपालिकामा छलफल गरेको छ। सो छलफलमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बडिगाडको अवस्था जानकारी गराउनु भएको थियो। सो छलफलमा कोभिड १९ को सन्दर्भमा भएको तयारी, गर्न सकिने काम, राहत वितरण, र्यापिड टेस्ट लगाएतको विषयमा छलफल भएको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ । यसै सन्दर्भमा बडिगाड गाउँपालिका वडा नं. २ मा सर्वदलिय वैठक सम्पन्न भएको छ । बैठकले वडा भित्र खाद्य संकटमा पर्नेहरुलाई तत्कालै राहत वितरण गर्ने, झुटो विवरण पेश गरि राहत नमाग्न सर्वसाधारणलाई अपिल गर्ने, वडा भित्रका घरधनिहरुलाई घर भाडा १ महिनाको छुट गर्न आग्रह गर्ने लगाएत निर्णय गरेको छ ।यसै विच वडा नं. २ खर्वाङ वजारमा भएको आफ्नो घरको होमनाथ अर्यालले चैत्र महिनाको भाडा छुट गर्ने घोषणा गर्नुभएको छ । राज्यले गरेको घोषणालाई साथ दिन भाडा छुट गरेको अर्यालले बताउनु भएको छ । उता वडा नं. ३ शिसाखानीमा साविक शिसाखानी गाविस वडा नं. १ मा हात धुन स्थानिय रुपमा उत्पादन गरिएको चिउरी सावुन वितरण गरिएको छ । वडा भित्र स्वयंसेविका परिचालन गरि प्रत्येक परिवारलाई २÷२ वटा सावुन वितरण गरिएको छ ।यसैविच वडा अध्यक्ष खड्क पुनले शिसाखानीको सवै नागरिकलाई लकडाउन पूर्ण पालना गर्न आग्रह गर्दै एक घरवाट अर्को घरमा नजान आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend