साझा नेटवर्क
अजय जेम्स,गुल्मी चैत्र २९ ।
धुर्कोट गाउँपालिका वार्ड न ७ मा खाद्यान्न सामाग्री वितरण गरिएको छ । गुल्मीको धुर्कोट गाउँपलिकाले सनिबार वार्ड नम्बर ७ मा ४८ जना बिपन्न परिवारहरुलाई दोस्रो चरणको खाद्य सामाग्री वितरण गरिएको हो ।
उक्त वार्डमा प्रती परिवार २५ केजी चामल,आधा लिटर तेल, १ पोका नुन र १ ओटा लाइफबोए साबुन वितरण गरिएको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताउनुभयो । यतिबेला नेपाल सकारले देशभर लकडाउन गरेर दिनभर ज्याला मजदुरि गरि घर परिवार चलाइरहेकाहरु अहिले घरमै बसिराखेको अवस्थामा गाउँपालिका बाट खाद्यान्न सामाग्रीहरु राहत पाएपछी उक्त वार्डका लाभग्राहिरुले खुसीव्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend