logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीका ५ जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ,क्वारेन्टाइनमा बसेकाहरुको यापिड टेस्ट गरिदै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी चैत २९ । 

गुल्मीमा पहिलो पटक कोरोना आशंकामा स्वाब परिक्षण गरेका पाँच जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । गत चैत २४ गते मुसिकोट नगरपालिकाका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरेर भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

उनीहरु गत चैत्र ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवयजको विमानबाट नेपाल आएका थिए । रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । भने बाँकी मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेकाले स्वाब परिक्षण गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अब पाँच जनानै सामान्य जीवनमा फर्कन सक्ने पच्याले बताए ।

गुल्मीमा पनि र्यापिड टेस्ट गरिदै

गुल्मीका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिने भएको छ । स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले शनिबार बेलुकासम्म किट जिल्ला आउने भएकाले आइतबार वा सोमबारबाट टेस्ट गरिने बताए । उनले प्रदेश संस्था आपूर्ति व्यावस्थापन केन्द्र वुटवलमा दुई सय थान किट माग भए पनि एक सय मात्रै प्राप्त भएकाले पहिलो चरणमा ७५ जनाको टेस्ट गरिने बताए । शर्माले ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टेस्टका लागि तालिम दिनुपर्ने र किट आवश्यक पर्ने भएकाले दुवैको व्यावस्थापन गरेर जिल्लामा विदेशबाट आएका सवैलाई टेस्ट गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend