logo
  • मंगलबार, असोज १३ २०८३

विपत्तिले जगायो अधिकृतलाई गाउँप्रतिको मोह,गाउँलेलाई पठाए मास्क


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,गुल्मी चैत २९ । 

मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ निवासी हाल काठमाण्डौँ बस्दै आइरहेका शाखा अधिकृत नारायण घर्तीले गाउँबासीका लागि मास्क पठाएका छन् । कोरोनाको संक्रमण फैलिन नदिने उद्देश्यले उनले शुक्रवार पाँच सय थान मास्क गाउँमा पठाएका हुन् ।

कोरोनाको त्रासमा मुलुक लडकडाउनले ठप्प भइरहेका बेला जन्मभूमीका नागरीकहरु सुरक्षित हुने आशामा मास्क सहयोग गरेको उनले बताएका छन् । स्थानीय यूवा क्लवमा आवद्ध राजेन्द्र राउत र विष्णु विष्टको अगुवाईमा घर्तीले पठाएका मास्क गाउँबासीका हात–हातमा पु¥याइएको छ । मास्क खोजेर पनि नपाएको बेला अधिकृत घर्तीले गाउँप्रति देखाएको सद्भावले खुसी बनाएको गाउलेहरुले प्रतिक्रिया दिएका छन् ।

मास्क पाएपछि गाउँका स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend