साझा नेटवर्क
कमल पौडेल,बागलुङ चैत २९ ।
बडिगाड गाउँपालिकामा सर्वपक्षिय÷सर्वदलिय वैठक सम्पन्न भएको छ । बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि समुदायमा स्वयं सेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६ वमोजिम प्रत्येक वडामा कोरोना रोकथाम स्वयंसेवक समुह गठन गर्ने, लकडाउनको कारण वेरोजगार भएका असंगठीत क्षेत्रका मजदुर तथा असक्त असहायहरुको लागि राहत वितरण गर्ने लगाएतका निर्णय गरेको छ ।
राहत वितरणको लागि वडा वाट धेरै संख्यामा सिफरिस भएको भन्दै राहत वितरणलाई व्यवस्थित गर्ने, वास्तविक पिडितलाई मात्रै राहत वितरण गर्ने, प्रत्येक वडामा १० प्याकेट राहत पुर्याउने तर आवश्यकता अनुसार मात्रै वितरण गर्ने, वडा समितिलाई सहयोग पुर्याउन वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा सर्वपक्षिय समिति गठन गर्ने, पालिका बाहिरका तर पालिका भित्र रहेका मजदुरहरुको अवस्था तत्काल वुझ्ने र आवश्यक सहयोग गर्ने लगाएतका निर्णय सो सर्वपक्षिय बैठकले गरेको छ ।
बैठकमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, पालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड अध्यक्ष गुणनिधि घिमिरे, नेपाली काग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाड अध्यक्ष वेद प्रसाद पोखरेल, नेपाल शिक्षक संघका वडिगाड सचिव कमल खरेल, पत्रकार कमल पौडेल लगाएतको सहभागिता रहेको थियो।
सहभागिले वास्तविक मजदुरले राहत नपाउने अवस्था आउन सक्ने प्रति सचेत बनाउदै दिर्घकालिन सोँच सहित वितरण प्रणालीलाई पारदर्शि गराउनु पर्ने बताएका थिए। सस्तो लोकप्रियताका लागि भन्दा पनि साँच्चिकै चुलो बल्ने अवस्था रोकिए मात्रै सहयोग गर्नुपर्ने, लकडाउन महिनौ लम्बिन सक्ने भन्दै सिँगो मानवजाती बचाउन एकतावद्ध भएर लाग्नुपर्ने बताएका थिए। सो वैठकमा प्रमुख प्रशासकिय अधिकृत वालकृष्ण सुवेदीले गाउँपालिकाको योजना, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले गाउँपालिकाको स्वास्थ्य तयारी, र स्वास्थ्य शाखाकै चुरामणि कँडेलले उपल्ला निकाएको निर्देशन र पालनाको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो।
बैठक गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा सुचना अधिकारी थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend