logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाडमा सहकारीहरु मिलेर खाद्य सामाग्रिको सुपथ विक्रि सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बागलुङ चैत २९ ।

बडिगाड गाउँपालिका वडा नं. १ र २ सहकारीहरुले खाद्य संकट हुन नदिने भन्दै सुपथ मुल्यमा खाद्य सामाग्रि विक्रि सुरु गरेका छन् ।वडा नं. १ को लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडले तुन्डाडाबाट तथा वडा नं. २ का नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदिवहिनी वचत तथा ऋण सहकारी संस्था र मिलन व्यावसायीक कृषि सहकारी संस्थाले खर्वाङबाट खाद्य सामाग्रि वितरण सुरु गरेका छन्। पसलहरुमा खाद्य स्टक सकिन सक्ने र खाद्य संकट आउन सक्ने भन्दै सहकारीहरुले सुपथ खाद्य पसल सुरु गरेका हुन् ।

वडा नं. १ मा ४ लाख वढिको र वडा नं. २ मा ७ लाख वढिको सामाग्रि ल्याइएको हो। चामल, तेल, नुन उपलब्ध गराउन सुरु गरिएको सहकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend