logo
  • मंगलबार, असोज १३ २०८३

शुक्रबार सम्म ३ हजार भन्दा बढी नमुना परिक्षण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौँ ।
नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘मिडिया ब्रिफिङ’ का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए । २४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएसँगै नमुना परीक्षण बढिरहेको बताए । शुक्रबारको अपडेटमा आइसोलेसनमा देशभरी १२५ जना रहेका छन्। काठमाडौंमा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन्। क्वा रेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेका छन्।

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ।

अरु जिल्लामा पनि परीक्षण सुरु भएको र नतिजा र परीक्षणको संख्या आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए। कोसी अस्पतालमा शुक्रबारबाट पीसीआरबाट कोरोना परीक्षण सुरु भएको बताइएको छ । यसैगरी देशभरी ११ स्थानमा कोरोनाको परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend