logo
  • मंगलबार, असोज १३ २०८३

समाचार प्रभाव : सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी चैत २८ ।
गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरिएकाे छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहलाई २०/२० थान र तम्घास अस्पताललाई ६० थान गरि कुल तीनसय पिपिई प्रदान गरिएकाे छ । गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्व श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टकाे पहलमा आएका पिपिई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गरे ।

जिल्लाका स्वास्थ्यकर्मीलाई पिपिई नहुँदा केही दिन पहिले `पिपिईकाे अभावमा स्वास्थ्यकर्मीमा मनाेवैज्ञानिक असर´ शिर्षकमा विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएकाे थियाे । पिपिईकाे अभावमा स्वास्थ्यकर्मी समेत उच्च जाेखिममा रहेकाे भन्दै त्यसलाई मध्यनजर गरि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएकाे प्रजिअ शर्माले बताए ।

मनाेबल बढेकाे छ : स्वास्थ्यकर्मी

पिपिई पाएपछि अाफुहरूकाे मनाेबल बढेकाे स्वास्थ्यकर्मीले बताएका छन् । `पहिले बिनाहतियार काेराेनाबिरूद्दकाे युद्धमा हाेमिएका थियाैं, अब हतियार प्राप्त भएकाे छ ।´ रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयाेजक बाेम अर्यालले भने, `सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएकाे छ ।´ अब नगरप्रहरी र एम्बुलेन्स चालकलाई पनि पिपिई प्रदान गर्ने अर्यालले बताउनुभयाे । नगरपालिकाकाे मातहतमा अहिले ३३ जना स्वास्थ्यकर्मी छन् ।

मालिका गाउँपालिकाका स्वास्थ्य संयाेजक बसन्तराज भुसालले पनि पिपिई अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताए। गाउँपालिकासँग पहिले नै केही थान रहेकाे र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताए। तर पर्याप्त माक्स र सेनेटाइजरकाे भने अझै अभाव रहेकाे उनले बताए ।

थर्मल गन र माक्स पठाउने तयारी

सासंद विष्टले जिल्लामा अभाव रहेकाे थर्मल गन र माक्स पनि पठाउने तयारी गरेका छन् । ज्वराे नाप्न प्रयाेग गरिने थर्मल गन ५० वटा र काेराेनाबाट वचन अत्यावश्यक हुने माक्स २५ हजार वटा पठाउन लागिएकाे विष्टका सचिवालय सदस्य मदन खनालले जानकारी दिए । पूर्व श्रम मन्त्री समेत रहेका विष्टले अहिले सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, पार्टीका अगुवा कार्यक्रता लगायतलाई फाेन गरि जिल्लामा राहत वितरणकाे अवस्थाबारे जानकारी लिइरहेकाे खनालले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend