साझा नेटवर्क
राम बहादुर बिश्वकर्मा,प्युठान चैत २७ ।
प्यूठानमा एक बेवारिसे महिलाले बाटोमै बच्चा जन्माएकि छिन् । प्यूठान मल्लरानी गाउँपालिका ५ टाकुरामा दाङ गोलटाकुरी घर बताउने अन्दाजी ३०/३२ वर्षिय महिलाले छोरी जन्माएकी हुन् ।
बच्चा जन्माइसकेपछी २ सय मिटर तल गएर बसेको अबस्थामा स्थानीय महिलाहरुले उनलाई भेटाएको र प्रहरीलाई जानकारी भएपछि प्रहरीले उद्वार गरी बच्चा र आमा दुवैलाई स्वास्थ्य चेकजाँचका लागि प्रहरी र स्थानीयले जिल्ला अस्पताल विजुवारमा पठाइएको जिल्ला प्रहरी कार्यालय खलंगा प्युठानका इनिस्पेक्टर तथा सुचना अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।
ती महिला सामान्य मानसिक असन्तुलन जस्तो पाइएको पौडेलले बताए । महिला र बच्चाको अवस्था सामान्य रहेको प्युठान अस्पतालले जनाएको छ । बच्चाको बुवाको पहिचान हुन सकेको छैन् ।बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend