साझा नेटवर्क
सबिन बस्नेत,गुल्मी ।
विश्व कम्युनिस्ट आन्दोलन रुपान्तरण हुन नसकेर मुर्छित भैरहेको बेलामा हातका औलामा पनि गन्न नसकिने देशहरुमा मात्रै तेज रफ्तारमा उचाइमा पुगेको छ । पछिल्लो समय यो राष्ट्रियता र समानताको पर्याबांची भएको छ जुन पुंजिबादी पार्टिहरुले पनि भजाउदैछन ।यसरी हेर्दा कम्युनिस्ट आन्दोलन साम्यबादी सपनाको बाटोमा नभएर समाजबादी कार्यक्रममा नै अल्मलिने निश्चित छ ।
समयले त्यो किसिमको त्याग र प्रतिबद्द्ता डियर कमरेडहरुबाट अपेक्षा गरिरहेको छैन वा रनभुल्लमा पारेको छ । जसको कारण धेरै पाइला अघि हिडेका चीन र क्युवा पनि खुल्ला अनुशासनमा हिडेका छन । ब्यक्तिगत सम्पती राख्न पाएपछी स्वार्थ र लोभको तानाबान स्वाभाबिक रुपमा आउछन नै ढाट्नु हुदैन । त्यो भनेको ‘ पछ्यौरिले ढाकेको तर छर्लङ्गै देखिएको ‘ भने झै हो ।
सारमा यति भनिसकेपछी कम्युनिष्ट आन्दोलन तरबारको धारमा छ । आधारभुत रुपमा बितरणमा न्याय,समानता,अन्यायको बिरोध र योग्यता अनुसारको कामलाइ छोड्ने हो र नाताबाद,असिमित सम्पती आर्जन संगै बिलासी जिबनशैली भित्राउने हो भने कम्युनिस्ट आन्दोलन गुमनाम हुने निश्चित छ । अबलाइ खांटी कम्युनिष्ट हुन शास्त्रीय रुपमा सम्भब छैन । न बर्ग मेटिन्छ न श्रमिक बर्गको अधिनायकत्व आउछ । न सास्कृतिक क्रान्ती आउँछ । अझै बहुदलीय खुल्ला प्रतिस्पर्धा स्विकार गरेपछी झनै सम्भब छैन । नस्विकार्ने हो भने नक्सालबादिमा सिमित रहने घाम झै छर्लङ छ । पेरुको साइनिङ पाथको बाटोमा ढिलो चांडो पुगिने छ । त्यो गल्ती कसैले सच्चाएका छन,कसैले सच्चाउनैपर्छ ।
अहिले भनेको कम्युनिस्ट आन्दोलनलाइ बचाउदै प्राप्त उपलब्धिको रक्षा गर्दै बढी प्राप्तिको लागी एकताबद्ध भएर संघर्ष गर्ने हो । आफुलाइ खांटी कम्युनिस्ट भनेर प्रमाणित गर्ने र पाखुरा सुर्काउने बेला यो होइन । यस्ले कि त हामी डराइरहेका छौ कि त असक्षमताको ढाकछोप गर्न उद्द्त छौ भन्ने देखाउने छ । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीलाइ आफ्नो योग्यता प्रमाणित गर्ने यो धेरै सुनौलो अबसर हो भन्ने यो स्तम्भकारलाइ लागेको छ । कोरोनाको विश्वब्यापी संक्रमणले पुजिबादी राष्ट्रहरुको सर्बनाक असफलता भएको समिक्षा यतिखेर गरिदैछ ।विश्व मानबजातिको रक्षाको निम्ती सामुहिक प्रयत्न गरिनुपर्ने आबाज उठिरहेको छ । यो पनि कम्युनिस्ट आन्दोलनको निम्ती अनुकुल बाताबरण बनेको छ।अहिले अपेक्षा नगरिएको केन्द्रमा झण्डै दुइ तिहाइ मत र प्रदेश र स्थानिय तहमा लगभग पुर्ण मतसहित सत्ताको बागडोर समाल्ने मौका मिलेको छ ।देशका मुख्य बाम घटकको एकतालाइ स्विकार गर्दै सबैलाइ जुंगाको लडाइ छोडी एक ठाउँमा आउन सन्देश भएको छ ।
संबिधानमै समाजबादी ब्यबस्थालाइ सबै बिचारधाराले अनुमोदन गरेका छन । खाद्यसम्प्रभुता ,रोजगार,शिक्षा ,स्वास्थ्य जस्ता कार्यक्रम मौलिक हक बनेका छन । यो बेला भनेको स साना मतभिन्नतालाइ छोड्दै अझै एकताबद्द र संगठित हुदै आधारभुत जनताको सेवामा लाग्नुपर्ने हो ।तर बिडम्वना मिलिसकेकाहरु निहुँ खोज्न थालेका छौ । नमिलेका पर बसेर रमिता हेरिरहेका छौ भने सत्ता चलाउनेहरु मैमत्ता हुदै स्वार्थ समुहको पछि लागी जयजयकार खोजिरहेका छौ ।कमजोरी औल्याउनेलाइ झापट हानेर कोमामा पुर्याउने धम्की दिइरहेका छौ ।यो ढाइ बर्षको अबधिमा केहि राम्रा काम हुदाहुदैपनी एकातिर संगठनको अपुर्णता अर्कातिर पार्टी संयन्त्र उपयोग गर्नै नचाहने कोठरीबाट संरक्षित नेतृत्वका कारण ओझेल परेका छन ।
त्यस्तै आमसन्चार माध्यमको काल्पनिक लडाइँ (proxy war)को चपेटामा परेर नेतृत्व र पार्टीलाइ खुल्याउन आफै तछाडमछाड पनि गरिरहेका छौ । पार्टीभित्रैका कमिशन खोरहरु जागेका छन ।सल्बलाइरहेका छन । अझै समयमै प्रतिबाद गर्न र कमजोरी नदोहोर्याउने गरि काम गर्न नसक्दा नेता कार्यकर्ताले उत्ति खप्की खाइरहनुपरेको छ । तर जसको कारणले भएपनी कामद्वारा प्रतिउत्तर दिन नसकेमा नेतृत्व मात्रै होइन पार्टी,आन्दोलनलाइ नै क्षती हुने निश्चित छ । बर्षौको त्याग,जेलनेल र यातना केहि बर्षमा समाप्त हुने निश्चित छ ।लाखौ कार्यकर्ताको ूसुखी नेपाली र समबृद्द नेपाल ू को चाहना बिचैमा अलपत्र हुने निश्चित छ । तसर्थ गम्भिर समिक्षा शुरु गर्न ढिला गर्नुहुदैन ।
पारदर्शी शासन ब्यबस्था मार्फत न्युनतम कार्यक्रम इमान्दारी पुर्बक अगाडी बढाउ । आसाको संचार गराउ । ल्याकत भएकालाइ सत्ता र पार्टिमा तत तत जिम्मेबारी दिन अब ढिला गर्नु हुदैन । केपि र प्रचण्ड मात्रै होइन सबै असफल हुने खतरा छ । मिल्नु बाध्यता थियो कसैको रहर थिएन । अत अब फुटेर अघि बढ्छु भन्ने चाहना आन्दोलनको बदनाम हो । गरिबको नाममा टाठाबाठाको लुटिखाने भाडो कम्युनिस्ट आन्दोलन हुनै सक्दैन । आम जनताको अग्निपरिक्षामा अहिले उत्तीर्ण भए पुग्छ । यो बांकी ढाइ बर्षमा त्यो गम्भीरता देखियोस । कम्तिमा पनि खुद्रा स्वार्थको निम्ती छिनाझपटी नेतृत्व तहमा सुन्न नपरोस् । घरपरिवार मिलाउन खोज्नेले उदारता देखाउनैपर्छ ।
अहिलेको अबस्थामा कार्यकर्ता पनि बढी संबेदनसिल हुनुपर्ने देखिन्छ । झुण्डको वकालत गर्न छोडेर सामुहिक रुपमा नेतृत्वलाइ जबाफदेही बनाउन लाग्नुपर्छ ।कम्तिमा पनि नेतृत्व तहमा बस्नेको सम्पतिको सिमा र परिबारको अबस्थाको बारेमा सार्बजनिकिकरण गर्न दबाब दिनैपर्छ ।राजा गए तर चाकडी त्यो भन्दा बढी भैइरहेको छ । के हामी चाकडी र नाताबादबिना बांच्नै नसक्ने भएका हौ रु त्यस्तै ,जागिर खान,आलिशान महलमा बसेर सर्बहारा जनताको नेता हुन मात्रै कम्युनिस्ट आन्दोलनमा पक्कै जोडिएको होइन होला ।ब्यथिती,अब्यबस्था र असमानता देखेर नै आफ्नो गांस काटेर पार्टी र आन्दोलनलाइ हिजो सहयोग गर्नुभएको होला । यति छिट्टै स्वार्थी बन्न लोकलाज मान्नैपर्छ है कमरेड।जनतालाइ गुमराहमा पारेर लुटेको धनले सन्तोष दिदैन ,हो कमरेड ।
जिबन निर्बाह भएपछी पनि खाली गुनासो आबश्यक छैन ।भोको पेट र खाली खुट्टा हिडेका जनता देख्दा अलिकती मन दुख्दैन रु भने कम्युनिस्ट आन्दोलनमा जोडिन छौडौ ,यार ।यो भद्दा मजाक अब नगरौ ।अत नेता र कार्यकर्तामा कम्युनिस्ट चरित्र सुहाउँदो ब्यबहार नभएपछी कसरी पो आन्दोलन उठ्छ र रु ध्यान दिने कि डिअर कमरेड । नपाएर भ्रष्टाचार नगरेका हुन भन्ने भान जनतामा पर्नु हुदैन । हिजो बिलासी जिबन त्यागेर आम जनता जस्तो जिबन बाच्छु भन्ने प्रण गरेका कमरेडहरु अहिले पुंजिबादी जिबन शैलिको अगुवाइ नै गरेको देख्दा उद्देक लाग्दो छ । नेतृत्वले गरेपछी सामान्य कार्यकर्तालाइ त्यसै छुट हुने नै भयो ।कम्युनिस्ट भित्र आदर्शको जिबन बाच्ने अब त्यती छैन्न होला । अझै यो निर्वाचन पद्द्तिले धनिमानिलाइ नै नेतृत्वमा स्थापित गर्ने खतरा उत्तिकै छ ।
हालैको संबादमा युबराज ज्ञवाली कमरेडले अधिकृत स्तरको जागिर छोडेर श्रीमतिसंग बिदा मागी आन्दोलनमा लागेको सुन्दा तथा अहिलेपनी मन्त्री भइसकेको मान्छेको त्यो सादगी देख्दा बडो अनौठो लाग्यो । खै, त्यो जुनुन कतिमा छ होला बाचेको १ बाघको छाला ओडेर स्यालको रजाइँ कम्युनिस्ट आन्दोलनमा हुने खतरा उत्तिकै छ । एक किसिमको आर्दश कम्युनिस्ट आन्दोलनमा अनिबार्यता छ । नभए आन्दोलन जसरी उठ्यो उसगरी पतन हुने निश्चित छ ।
संक्षेपमा , कम्युनिस्ट आन्दोलनको निर्मम समिक्षा गरेर अघि बढ्नुपर्छ ।शास्त्रीय रुपमा कम्युनिस्ट आन्दोलन बढ्न नसकेपनी नेतृत्वमा कम्तिमा पनि एक किसिमको आर्दश चांहिन्छ ।त्यो कार्यकर्ता र जनताको निम्ती सकारात्मक उर्जा हो ।ढोंगी हुनुहुदैन ।यो धनिमानी भन्दापनी सर्बहाराद्वारा हुने नेतृत्व हो ।अर्थात जनतामा भिजेको ब्यक्ती नेता हुनुपर्छ भन्ने मान्यता हो जस्तो लाग्छ ।राजनिती जनसेवा हुनुपर्छ ।त्यो स्थापित गराउन कम्युनिस्ट आन्दोलन चुक्नु हुदैन । किनभने यसको अनुपस्थितिमा समाजमा धनी र गरिब बिचको खाल्डो अझै बढी हुने देखिन्छ ।
बर्गिय उत्थानमा आफ्नो उत्थान देखे मात्रै आन्दोलन सार्थक हुन्छ । यो बेला बिबादभन्दा नि सबै बाम भनिने घटक मिल्नुको बिकल्प छैन ।आन्दोलन रहे मात्र नेता हुने हो । सर्पको खुट्टा सर्पले नै देखेको हुन्छ ।आन्दोलन कमजोर बाहय कारण भन्दा आन्तरिक कारण प्रधान हुन्छ,भुल्नु हुदैन । नेता वा कार्यकर्ता दुबै इमान्दार बनौ ।गाग्रीको मुख सानो पार्ने बेला होइन ।
आफ्नैले आफ्नैलाइ दुश्मन करार गर्नुहुदैन ।कमजोरिमा माफी माग्दा सानो भइदैन । आत्मालोचित हुने सस्कृती मर्नुहुदैन ।साझा उद्देश्यमा हिडेका यात्री केन्द्रीकृत हुनैपर्छ ।खाँटी कम्युनिस्ट ब्यबहारद्वारा पुष्टि हुन्छ । बोलिले हुदैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend