logo
  • मंगलबार, असोज १३ २०८३

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड-१९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्न तहका कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको जानकारी दिएका हुन् । उनले तलब कट्टा नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। ‘चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय गरेको थियो’, प्रवक्ता देवकोटाले भने, ‘स्वास्थ्य मन्त्रालयबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका तलब कट्टी गर्ने निर्देशन जारी गरिएको छैन र हालसम्म कट्टी गरिएको पनि छैन। त्यसैले सबैले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ।’
कोभिड १९ महामारीविरुद्ध फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको तलब कट्टा गरेर कोषमा राख्नेर सरकारको निर्णयपछि सामाजिक सञ्जा्लदेखि सर्वत्र आलोचना भइरहेको छ। प्रवक्ता देवकोटाले नेपालमा ९ जनाबाहेक संक्रमितको संख्या पनि नबढेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend