logo
  • शनिबार, साउन ९ २०८३

संचारकर्मी चन्द चलचित्र जोकरमा डाक्टर बनेर आउदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौँ, श्रावण २३।
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जोकर अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ । यसै चलचित्र मार्फत संचारकर्मी, समाजसेवी सुर्य चन्द चलचित्र जोकरमा डाक्टरको भूमिका मार्फत देखा पर्दैछन ।

cover jokerम्युजिक भिडियो तथा टेलिचलचित्रमा काम गरि सकेका संचारकर्मी सुर्य चन्द यो पटक भने चलचित्र जोकरमा फरक भूमिकामा देखा पर्दैछन । नेपाली जनताहरु जीवन चक्रमा आधारित हास्यप्रधान नेपाली कथानक चलचित्र जोकर एकदमै राम्रो बनेको र नेपाली दर्शकहरुको चाहना अनुरुप बनेको निर्माण पक्षले जानकारी दिएका छन । १४ अंचल ७५ जिल्लाका बालबालिकाहरुलाई लिएर बनाएको चलचित्र जादुगरको सफलता पछी महादेव त्रिपाठीले जोकर लिएर आएका हुन् ।

13940027_668334966666218_1882153831_oजोकर फिल्मको लेखन महादेव त्रिपाठी आफैले गरेका हुन । यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्तको अभिनय रहको छ ।

त्यस्तै यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले गरेका छन् । साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा सुगम पोखरेल, टंक बुढाथोकी र ध्रुब बिस्को र कमल खत्री रहेका छन भने प्रोडक्सन म्यानेजरमा राजिब धमला छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend