साझा नेटवर्क
दिनेश न्यौपाने,बुटवल ।
समयसङ्गै बिकास भएका प्रबिधी र आविष्कारहरुले संसारलाइ साझा घरको रुपमा परिभाषित त गरेका थिए नै,बिश्वब्यापी संक्रमणको रुपमा देखापरेको कोरोना नामको भाइरसले झनै नजिक बनाइदियो । पृथ्वी नामको ग्रहमा बस्ने समग्र मानव जातिको मानबिय संबेदना,पिडा,संघर्स एकैखालको छ । विभिन्न धर्म,बर्ण,लिङ्ग,जातजाती,भासा वा बर्गमा बिभाजित सिङ्गो संसार आज यसको प्रतिरक्षामा आ-आफ्नो ढंगले लागिराखेका छन । हरेक राष्ट्रले आ-आफ्नै तरिकाले यो बिपत्तिको सामना गर्दै छन । सिङ्गो मानबजगत यसबाट थलिएको छ ।
सुरुसुरुमा यसलाइ मजाकको रुपमा लिएका शक्तिराष्ट्रका महानायकहरु पनि पुर्पुरोमा हात लगाएर बस्ने भएका छन,अताल्लिएका छ्न ।पुजीवादको चरम चुलिमा पुगेका देस र त्यहाँका नायकहरु पनि बिपत्तिको यो घडीमा कसैले जिब्रो टोकिसके कोहि थलिएर बसेका छन ।हिटलरको नाजिबाद नितिका कारण उग्ररास्त्रबादको भावना उत्पन्न भै ६ बर्ष १ दिन सम्म चलेको दोस्रो बिश्वयुद्द त केबल देश देश का बिचमा थियो र एउटा सम्झौतामा अन्त्य भएको थियो । यहाँ त कोरोना नामको एउटा किरोले संसारको दैलो लगाइदिएको छ । बिश्व मानबजगतलाइ भयभित मात्रै बनाएको छैन बिश्वको अर्थतन्त्रलाई तहसनहस पारेको छ,जुगौजुग पछाडीसम्म धकेलेको छ । संकटको यो घडीमा हरेक देशले आआफ्नो ढंगले यसको प्रतिरोध गरिराखेका छन,ठोस उपाय वा विधि केही पत्ता लागिसकेको छैन ।ब्यक्तिगत सरसफाइमा ध्यान दिदै सामाजिक दुरि कायम राख्ने रसरकारका नीति निर्देशनको पालना गर्दै घरमै बस्ने अर्थात lockdown को पुर्ण रुपमा पालना गर्ने,बिश्वभरनै यहि साझा अभ्यास भैराखेको देखिन्छ ।
बिश्वब्यापी संकटको यो परिस्थितिमा श्रोत र साधन सम्पन्न देशहरु पनि बेस्सरी थलिएका छन यो परिबेशमा अरुको तुलनामा आजका दिन सम्म हामी चाहिँ भाग्यमानी हौं भन्न मिल्छ,हामिलाइ सिक्ने राम्रो अबसर मिलेको छ किनकी गुणात्मक ढंगले वृद्धि हुन पाइसकेको छैन । हामिलाइ समय र मौका दिएको छ।नागरिकले पनि आफ्नो कर्तव्य पुर्ण रुपमा पालना गरिराखेका छन । गरिबमध्येको एउटा बिकासउन्मुख देश जहाँ पर्याप्त साधन र श्रोत त छैन नै शाशक र प्रशासकको मानसिकता पनि अत्यन्तै ब्यक्तिबादी,मनोगत, परिवारकेन्दृत अनि म र मेरो भन्नेमा अल्झिरहेको देखिन्छ । मानौ अहिलेको यो परिस्थितिमा पनि उनिहरु ढुक्क छन कि उनिहरुलाइ यो संकटको सिकार बन्न पर्दैन!सरकारसङ्ग शक्ति हुन्छ,सामर्थ्य हुन्छ,प्रसासनिक सम्यन्त्र हुन्छ,राज्य सन्चालनको लागि विभिन्न अङ्ग तथा सम्रचना हुन्छ त्यसैले त सरकारका प्रती जनताको भरोसा हुन्छ,बिश्वास हुन्छ तर इ सबै कुरा भएतापनी नियत र नलेज इ दुई कुरा ठिक भएन भने सरकारले आफ्नो शाख गुमाउछ । बर्तमानमा हाम्रो हालत त्यही हुँदै छ।बिपतको यो अप्ठ्यारो घडीमा नागरिकहरु घर घरमा थुनिएका छन जसलाइ होम क्वारेन्टाइन भनेर भनिएको छ।यहि मौकामा स्वास्थ्यकर्मिलाइ अति आबश्यक उपकरण ल्याउने क्रममा बजारमुल्यभन्दा शतप्रतिशत महङोमा स्वास्थ्य सामग्री ल्याउनका लागि ओम्नि ग्रुपसङ्ग अन्त्यमा आएर सम्झौता गर्छ ।
बिपतको यो घडीमा ल्याउन लागिएको सामानपनी अन्ततः गुणस्तरहिन र सतप्रतिशत महङ्गो भएको कुरा सर्बत्र छाएपछी स्वास्थ्य बिभागका निर्देशक लाई अगाडी सारेर आबश्यकता अनुसार समान उपलब्ध गराउन नसकेको बहानामा ठेक्का रद्द गर्न लगाउछ ।यस्तो परिस्थितिमा कार्यकारी प्रमुख बिस्तारैमा भए पनि उनका उत्तराधिकारी उपप्रधानमन्त्रीले मुख नखोल्नुले के संकेत गर्छ ? मुख्यसचिव ,स्वास्थ्यमन्त्री र स्वास्थ्यसचिब जसले यश बिसयमा नागरिकलाइ सुसुचित गराउनु पर्ने हो उनिहरुले मुख बन्द गर्नुले पनि बिपदको यो घडीमा पनि सरकार कमिसनको चक्करमा फसेको छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । बिस्तारामा परेका प्रधानमन्त्री नबोलेपनी उनका उत्तराधिकारिले प्रष्ट पार्नु पर्दैन उनिहरुले पनि प्रधानमन्त्रीको कमजोर स्वास्थ्यको फाइदा उठाउदै जनतामाथी यत्रो खेलवाड गर्दै छन।आपत बिपतको यो घडी मा भ्रस्टाचारमा मुछिएर कतै बिश्व कीर्तिमानि त राख्दै छैन हाम्रो सरकार ? पछिल्लो समयमा यो कामको जिम्मेवारी नेपाली सेनालाइ सुम्पनुले पनि ज्वलन्त प्रश्न सिर्जना गरेको छ ।
कित सरकार र सरकारलाइ गति प्रदान गर्ने निजामती प्रशासनले हाम्रो काम यो होइन हामिले सक्दैनौं भन्नू पर्यो होइन भने नेपाली सेनालाई अगाडि सारेर भ्रष्टाचारको सुरक्षित सम्यन्त्र तयार गर्दै छ सरकार किनकी नेपालि सेना पनि उनै नबोल्ने उत्तराधिकारी मातहत नै छ । होइन भने सरकार र नेपालको निजामती प्रसासन अशफल नै भएका हुन भने राज्य सन्चलनकै जिम्मेवारी नेपाली सेनालाइ दिए भैगो नि ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend