logo
  • शनिबार, साउन ९ २०८३

विधालयमा अक्षयकोष स्थापनार्थ आर्थिक संकलन गरिँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

20160806_145634कमल पौडेल, बागलुङ श्रावण २२ ।
गुल्मीको कुर्घा वार्ड नं. ७ गुर्जाङमा रहेको खड्क देवी प्रा.वि.मा विद्यार्थीहरुको लागी दिवा खाजा, कापि, कलम, झोला र ड्रेसको लागी अक्षय कोषको स्थापना हुने भएको छ। विद्यालयका प्रधानाध्यापक कुलराज शर्माको पहल तथा स्थानियको सक्रियतामा सो कार्य गरिन लागेको हो । २० लाख वरावरको अक्षय कोष स्थापना गरि विद्यार्थीलाई सवै व्यावस्था गर्ने योजनाअनुरुप रकम संकलन अभियान जारी रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभएको छ।

जसअनुसार हाल सम्म कुर्घा गाविस वार्ड नं. ९ चिदिपानी स्थायी ठेगाना भई हाल वुटवल सुख्खानगर वस्ने अर्जुन थापा वाट एक लाख १० हजार, वुटवल गोलपार्क वस्ने गगन वहादुर पछाई वाट एक लाख पाँच हजार, कुर्घा गाविस वार्ड नं. ५ भुवाचिदि वस्ने चन्द्र वहादुर गुरुङको छोरा लिल वहादुर गुरुङवाट ५१ हजार, पौदि अमराई स्थायी घर भई वुटवल वस्ने पूर्ण प्रसाद पौडेलवाट २० हजार, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका एक वहादुर थापावाट २० हजार प्राप्त भएको छ ।

यसैगरी प्रधानाध्यापक कुलराज शर्मावाट १५ हजार ५१, रुपाकोट गाविस स्थायी घर भई हाल वुटवल सुख्खा नगर वस्ने मुरारी भण्डारी वाट पन्ध्र हजार, त्रिभुवन उमावि भुवाचिदिका पूर्व शिक्षक गोमा शर्मा गौतमवाट १० हजार, बागलुङ गलकोट घर भै हाल वुटवल वस्ने वावुराम गौतमवाट १० हजार, विद्यालय व्यावस्थापन समितिका सदस्य हिरा वहादुर रायमाझिवाट ५ हजार गरी कुल ३ लाख ६१ हजार रकम नगद संकलन भैसकेको शर्माले जानकारी दिनुभएको छ।

शर्माका अनुसार झण्डै ५ लाख रकमको आश्वासन आई सकेको वताउनु भएको छ। यस्तै विद्यालयले अक्षय कोष व्यावस्थापनको लागी राम वहादुर पच्या मगरको अध्यक्षतामा अक्षयकोष स्थापना समिति पनि गठन गरेको छ। दलीत र जनजाती समुदायको वाहुल्यता रहेको सो गाउँका विद्यार्थी खाना नखाई विद्यालय आउने तथा खाजाको व्यावस्था नहुँदा सिकाई उपलब्धिमा समेत गिरावत आएकोले सो अभियान संचालन गरिएको प्र.अ. शर्माले वताउनु भएको छ।

शर्माले भन्नुभयो “विद्यार्थीहरु दिउसो विद्यालयमा इमिलिको डाँठ (स्थानिय रुपमा पाईने एक किसिमको झार) चपाउन खोसाखोस गर्ने दृश्यले विक्षिप्त गरायो त्यसैले यो अभियान सुरु गरेका हौं।” शर्माका अनुसार सो अभियान वाट २० लाख संकलन गरि अक्षय कोषको रुपमा राखी त्यसको व्याजवाट प्राप्त आम्दानीले विद्यार्थीकोलागी दिवा खाजा, पोसाक, तथा स्टेसनरी सामाग्रिको व्यावस्था गर्ने वताउनु भएको छ।

सो समुदायवाट कुनै पनि विद्यार्थी निजि विद्यालयमा पढ्दैनन् नत अन्य विद्यालयमा जान्छन । कक्षा ३ सम्म सञ्चालित सो विद्यालयमा हाल ४१ जना विद्यार्थीले पढ्दै आएका छन । त्यहाँवाट उत्र्तिण विद्यार्थीहरु वार्ड नं. ९ मा रहेको भगवति प्रा.वि.मा जाने गरेका छन ।

सो खड्कदेवि प्रा.वि.मा एक जना स्थायी, एक जना राहत र एक जना निजिश्रोतको शिक्षक गरि ३ जना शिक्षक कार्यरत छन्। सहयोग दातालाई विद्यालय व्यावस्थापन समिति तथा अक्षयकोष स्थापना समितिले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend