साझा नेटवर्क
सबिन बस्नेत,गुल्मी ।
संघिय प्रणालिमा जादै नेपालले तिन तहको सरकारको ब्यबस्था गरि सोहि अनुसार जिम्मेवारी ,अधिकार र क्षेत्रको ब्यबस्था संबिधानमा गरेको देखिन्छ ।यसरी संघ,प्रदेश र स्थानिय तहमा नयां संरचनाको अभ्यास भए संगै केहि सकारात्मक संकेत र केहि सच्चाउनैपर्ने गल्तिहरु पनि महशुस भएको छ यो दुइ,ढाइ बर्षको समयावधिमा ।
संघ र प्रदेशको नितिगत कार्यलाइ आफ्नो कार्यक्रममा राखेर जनताको घरदैलोमा पुर्याउने र तिनै जनताका समस्यालाइ मसिनो गरि छामेर सम्भावनाका क्षेत्रको पहिचान सहित पुर्न संघ र प्रदेशसंग सहकार्य गर्ने हैसियत र दायित्व स्थानिय तह वा सरकारले राखेको छ ।यहि कारण गाउँ गाउँमा सिहदरबार र जनताको सरकार भनिएको हो । तर अपबाद बाहेक यो महशुस गर्न नसकेको गुनासो छ ।
गुल्मिमा दुइ नगरपालिका सहित दश वटा गांउपालिका रहेका छन । जनसंख्याको हिसाबले करिब तिन लाखको बसोबास रहेको छ भने जातिय हिसाबले सबै जातको सघन उपस्थिति रहेका कलष्टर पनि छन ।पर्यटकिय क्षेत्र रेसुङ्गा र रुरु क्षेत्र,मदाने,कंके देउराली,मालिका भगवती,सिस्ने लेक,तारा खसे,बिचित्र गुफा,माने ताल,स्वारा होम स्टे,चमेरे गुफा,भार्सेको सोरठी,सालझण्डी(गुल्मी(ढोरपाटनको प्राकृतिक छटा र कालीगण्डकी करिडोरको रोमान्चकारी यात्रा सबै समेटिने यो क्षेत्र सास्कृतिक ,धार्मिक र प्राकृतिक रुपमा अति धनी छ ।
उपलब्धि –
स्थानिय सरकारको गठन भएपछी भएका उपलब्धिलाइ बुदागत रुपमा यसरी हेर्न सकिन्छ ।
– संघिय सरकारको योजना अनुसार सबै पालिकामा खानेपानी पुग्ने गरि एक घर,एक धारा र खरको छानामुक्त सुरक्षीत आबास निर्माण हुदै
-केहि बाहेक सबै पालिकाले केन्द्र तोकि आफ्नो संरचना बिकास गरिसकेका ।
– हाट बजार ब्यबस्थापन गरि स्थानिय उत्पादनलाइ प्रबर्द्धन गरिरहेका ।
– सांस्कृतिक क्षेत्रको संरक्षण र होम स्टे बिकास हुदै गएको ।
– दुग्ध,मासुमा आत्मनिर्भरता ।सुरक्षित प्रशुती सेवा ,बालबिकास, आदिमा जोड ।
चुनौती र सम्भाबना-
– योजना निर्माण गरि बिकास कार्यहरु गरिनुपर्ने ।
– एकै खाले संरचना निर्माणमा दुइ वा बढी पालिकाको सहकार्य हुनुपर्ने ।
– भद्दा संगठन संरचना भन्दा सर्बिस डेलिभरिमा आधारित संरचना हुनुपर्ने ।
– एक पालिका एक पहिचान हुने गरि उत्पादनमा जोड ।
– उत्पादनशील कर प्रणाली तय गरि सहभागितामा आधारित ब्यापार ब्यबसायको प्रबर्द्धन ।
– जनताको निम्ती बिलाशी लाग्ने जिबनशैली त्याग्दै सेवाभाव प्रदर्शन गर्नु ।
– तथ्यांकमा आधारित भै दुइ वा चार बर्षमा समिक्षा गर्दै पुर्बाधार,सामाजिक,मानब बिकासमा कुन रुपमा उपलब्धि हुनेछ भनी प्रारुप तयार गर्नु ।
– फोहर ब्यबस्थापन ,बृहत स्तरको अस्पताल संचालन,प्राबिधिक र ब्यबसायी शिक्षा,तालीमको प्रबन्ध,बिपद ब्यबस्थापनको संजाल बिकास, सुशासनको साझा प्रतिबद्धतासहितको सुचांक बिकास ।
-साझा श्रम बैंक,लगानी बोर्ड,औद्योगिक ग्राम स्थापना ,सुबिधाको बितरणमा सहकार्य ।
-उत्पादन सहकारी मार्फत निजि क्षेत्रको पुंंजी परिचालन ।
-एकीकृत बस्ती बिकास,सामुहिक उत्पादन प्रणाली,स्थानिय शिक्षाको प्रबर्द्धन र बिधालयको मिलान,नमुना कृषि को थालनी ।
निष्कर्ष-
अझै दुइ बर्ष भन्दा बढी समयाबधी बांकी रहेको हुदा सबै स्थानिय पालिकाका जनप्रतिनिधिहरु साझा लक्ष्य सुखी नेपाली ,समृद्द नेपालको मर्म अनुसार चल्नु आबश्यक छ । कर प्रणालिलाइ बैज्ञानिक बनाउदै बिकास निर्माणका कार्यमा पारदर्शिता, नागरिकमैत्री ब्यबहार, सदाचारिताको प्रत्याभुती र योजनाबद्द प्रारुप निर्माणबाट नै नागरिक सहभागिता उच्च हुने हुंदां त्यसमा दिनु आबश्यक छ । यि कुराको कमिका कारण अहिले संघियताप्रती नै नकारात्मकता बढी रहेको छ ।
तसर्थ गणतन्त्रको उपलब्धिलाइ सस्थागत गर्न जबाफदेयी बिकास गुल्मिका स्थानिय तहले आजैबाट अबलम्बन गर्नु जरुरी छ । यि समस्या नेपालभरिका प्रदेश र स्थानिय तहका पनि साझा हुन भनेर दाबी गर्न सकिने प्रयाप्त प्रमाणहरु भेटाउन सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend