logo
  • शुक्रबार, असोज ९ २०८३

नोबेल कोरोना भाइरस तथा अन्य प्रकोप जन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जोगिन्द्र मल्ल,प्यूठान चैत्र ५ ।

विश्व ब्यापीरुपमा कोरोना भाइरसको संक्रमण बढी रहेको बेला गौमुखी गाउँपालिका प्युठानले नोबेल कोरोना भाइरस (कोभिड 19 ) संक्रमण तथा अन्य प्रकोप जन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना भाइरस भनेको के हो, रोग सर्ने माध्यम ,लक्ष्यणहरु बच्ने उपाय रोग लाग्दा गर्न हुने र गर्न नहुने र बिपद ब्यबस्थापन न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो । चिनको बुहान बाट फैलिएको कोरोना भाइरस हाल धेरै देशमा फैलिएको छ र नेपालमा पनि संक्रमण बढने भएकोले समयमा नै उचित सतर्कता अपनाउनको लागी गौमुखि गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि,स्वास्थ्य कर्मी ,कर्मचारी ,स्थानीय बासीहरुलाइ कोरोना भाइरसको संक्रमण बाट बच्न ,सचेत र सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा बिपद ब्यबस्थापन समिती गठन गरिएको छ भने कार्यक्रमललाई समापन गर्दै अध्यक्ष गिरिले ठुला जनमासका कार्यक्रम नगर्ने,सिमाना नाकामा स्वास्थ्य परिक्षण गर्नु पर्ने नेपाल धेरै जोखिम रहेकोले हिडडुल नगर्ने,धैर्यता पुर्बक रहने ,समयमा नै औषधि उपचार गर्ने सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend