logo
  • शनिबार, साउन ९ २०८३

प्रतिपक्ष विकासको काम देखेर अत्तालिए वडाध्यक्ष : मरासिनी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

गुल्मी, फागुन ३० ।
जो सोझो उसको मुखमा घोचो भन्ने उखान रेसुङ्गा नगरपालिका ४ गुल्मिमा देखा परेको छ ।कारण प्रतिपक्ष पार्टी कांग्रेसले रेसुङ्गा नगरपालिकाका चौध वटा वडामध्ये सबैभन्दा सोझा र इमान्दार भनी चिनिएका वडा अध्यक्ष बिजय मरासिनिलाइ जस्तापाता बितरणमा पक्षपात गरेको भनी आरोप लगाएको छ ।

रेसुङ्गा नगरपालिकाको सुरक्षित आबास कार्यक्रम अन्तर्गत खरका छाना हटाइ जस्तापाताले छाउने योजना यस बर्षपनी चलिरहेको छ ।जस अन्तर्गत यस वडामा छ वटा घरहरुको खरका छाना हटाउनुपर्ने आबस्यकता रहेकोमा यो बर्ष चार वटा घरको मात्रै खरको छाना बिस्थापन हुने भएको जानकारी वडा अध्यक्ष बिजय मरासिनिले दिएका छन ।

किन दुइ घरको खरको छाना हटाइएन भनी गरिएको प्रश्नमा वडा अध्यक्ष मरासिनिले भने -जसरी मिडियामा पक्षपात गरि जस्तापाता दिइएन भनिएको छ ।त्यो सत्य होइन । प्रतिपक्षी कांग्रेसका मित्रहरु प्रक्रिया नबुझी सोझा जनतालाइ भ्रम दिदै हुनुहुन्छ ।उहांहरु अतालिन थालेको प्रष्ट देखिन्छ ।

बास्तबमा बेल बहादुर निबेदन दिने समयमा बिदेश भएको र बेलिमायाको घर सानो भएकोले जनता आबास अन्तर्गत नयां घर बनाइदिने गरि प्रक्रिया अगाडी बढेको छ ।यो बर्ष नभए अर्को बर्ष खरका छानामुक्त वडा घोषणा पनि हुनेछ ।

अहिलेसम्म कार्यलय प्रयोजनको निम्ती सुबिधामा पाएको मोटरसाइकल पनि चढ्ने नगरेका वडा अध्यक्ष मरासिनी सबै वडाबासिको बिश्वास जितेर काम गर्ने वडा अध्यक्षको रुपमा चिनिदै आएको कुरा सोहि वडाबासी रेमलाल बस्याल बताउछन ।उनि भन्छन – यति इमानदार ब्यक्तिका बिरुद्द अनर्गल प्रचार गर्नेहरु आफै थाक्छन र जनताको बिचमा अझै नाङिनेछन ।उहांले प्रमाणसहित स्पष्टीकरण दिदापनी मिडियाबाजी हुनु दुखद छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend