साझा नेटवर्क
दिनेश न्यौपाने,बुटवल ।
“तिमिले सन्सार नियाल्न जति सजिलो छ,सन्सारले तिमिलाइ जान्न पनि केही गाह्रो छैन”। मानवजातिको विकास र इतिहासका काल खण्ड लाई हेर्दै जादा शिकारी समाज,कन्दमुल संकलन समाज,कृषि समाज हुँदै आजको आधुनिक समाज सम्म आइपुग्दा बिज्ञान र प्रबिधिले सन्सारलाइ नौलो बनाएन । बिकास एउटा गतिसिल प्रकृया भएकाले समय सङ्गै समाजमा देखिएका परिबर्तन लाई आत्मासाथ गर्नेहरु समाज सुहाउँदा कहलिए,बाच्न जाने,जो पछि परे ती समयको वहाबसङ्गै हिंड्न् सकेनन वा जानेनन।पछिल्लो समयमा द्रुतगतिमा बिकास भएका प्रबिधिहरुले मान्छेको चेतनामा गुणात्मक परिवर्तन ल्याए ।
विशेषगरी सामाजिक संजालहरु फेसबुक,टुइटर जस्ता संचारमाध्यमहरुले सन्सारलाइ कुनै नौलो र अनौठो बनाएनन । एउटा मोबाइलको स्क्रिनबाट बिश्वको आर्थिक,सामाजिक ,राजनितिक,सास्कृतिक ,भौगोलिक अबस्थालाइ थोरै समयमै जान्न र अध्यन गर्न सकिन्छ ।बिश्वबजारमा देखापरेका उपलब्धि र बिकास हेर्न अब त्यहीँ गैराख्नु पर्दैन ! त्यस्तै सन्सारका साझा मुद्दा र समस्याहरु त्यसको प्रभाव र बच्ने उपाय जान्न पनि कहिँ जान्नु पर्दैन त्यही मोबाइल नै काफी छ भलै त्यसको प्रयोग गर्ने तरिका मात्र फरक हो । सामाजिक संजाल सूचना र सञ्चार हो किनभने यसले बिश्वको कुनै पनि घटनालाई सिमित शब्द,ध्वनि ,तस्बिर,वा दृश्यमा छनोट गरि जान्न चाहने वा जिज्ञासा् शान्त पार्न उत्सुक रहने मानबिय स्वोभाबलाइ सान्त पार्न विभिन्न प्रबिधिको प्रयोग गरि नियमित रुपमा जनमानसमा सन्देश प्रबाह गर्ने गर्दछ”।
त्यसैले यो समाजको ऐना मात्र होइन,ब्यक्तिको ब्यक्तिगत सम्पुर्णता अभिब्यक्त गर्ने रेडियो पनि हो भन्ने कुरा आम मान्छेले बिर्सदै गएको आभास हुँदै छ । “हिजोको समयमा एउटा गाउँको घटनाक्रम अर्को गाउँमा थाहा पाउन पनि महिनौ दिन कुर्नु पर्थ्यो । सपनामा बिश्वास गर्नु पर्थ्यो,एकजना गन्धर्व आउदा टोल छिमेकी भेला भएर कसैको दलानमा सुन्नु पर्थ्यो,रुखमा कौवा कराउदा झिजा भाच्न हैरान हुन्थ्यो,पल्लो गाउँको नयाँ मान्छेको विषयमा जान्न महिनौ कुर्नु पर्थ्यो धेरै मिहिनेत गर्नु पर्थ्यो तर अहिली त्यस्तो छैन हामिले सन्सारलाइ जति छिटो नियाल्न सक्छौं सन्सारले हामिलाइ पनि छिनभरमा बुझ्न सक्छ । विशेष गरि सामाजिक संजाल प्रयोगकर्ता हरुले यसलाइ सतही रुपमा बुझ्दै गैरहेको जस्तो देखिन्छ । ब्यक्तिका दृस्ठिकोण ,नियत,र चरित्र छम्न लामो समय सङ्गत गर्नै पर्दैन उसले आफ्ना हरेक गतिबिधिहरु सामाजिक संजाल मै उदाङ्गो पारिराखेको हुन्छ । खानमा सिपालु (खाम्सेहरुले)खाएका,लगाउनमा सिपालुहरुले लाएका,गाली शिरोमणिहरुले कसैलाइ गाली गरेका,तालीबाज हरुले ताली बजाएका यी सबै कुराहरु सार्बकनिक संजालमै छरपस्ट देख्न सकिन्छ ।
ब्यक्तिको स्वाभिमान ,पहिचान ,अस्थित्व ,नियत र दृस्ठिकोण सबै जान्ने एकमात्र उत्तम विकल्प सामाजिक संजाल बनिसकेको छ ।एकछिनको मनोरन्जनका लागि उपयोग गरिने माध्यमले त्यसको दिर्घ प्रभावलाई अनुमान गर्न नसक्दा विभिन्न समस्या सिर्जना हुनुका साथै मानबिय स्वभाव छरपस्ट भैराखेका छन । केही भद्र र अगुवाहरूले पनि आफ्ना सामान्या भन्दा अति सामान्य ब्यक्तिगत समस्या,घटनाक्रम्लाइ पनि आम रुपमा गुनासो पोखिराखेको देख्दा दया लागेर आउछ । हुँदा हुँदा अहिले यो त दाइले भाइलाइ,बुहारिले सासुलाइ,बाउले छोरालाइ,प्रेमिले प्रेमिकालाइ समग्रमा जसको जो सङ्ग जे गुनासो छ त्यो पोख्ने माध्यम बनेको छ फेसबुक ।
यसले हाम्रा आबेग,संबेदना,दुख,पिरमर्का मात्र त्यहाँ पोख्दैनन हाम्रो समग्र नियत,चरित्र र आनिबानिलाइ पनि सङ्गै लिएर गएको छ भन्ने कुरा पनि हामी सामाजिक संजाल प्रयोगकर्ताले बुझ्न जरुरी छ । हामिले राख्ने एउटा सानो स्टाटस मिनेट भरमै सन्सारले हेर्दै छ भन्नेकुरा बिर्सेर घरायसी सामान्न्य कुरा,भाइझगदा,श्रीमान श्रीमतीका मनमुटाव ,ब्यक्ती ब्युक्तिका मनमुटाव लेनदेनका बिसयलाइ लिएर सामाजीक संजालमा रुनु आफू भित्रको खास मान्छेलाइ सन्सार सङ्ग परिचित गराउनु बाहेक अरु केही हुन सक्दैन । त्यसैले यसको सहि सदुपयोगमा जुटौ । यो आलेख कसै प्रती लक्छित छैन,विशेष गरि देखेका कुरा लेखेको मात्र हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend